सामाजिक

२३ गते देखि सुरु भएको गोरखा जेसीज सप्ताह कार्यक्रम २०२३ सम्पन्न

भदौ ३१ । गोरखा जेसीज सप्ताह कार्यक्रम २०२३ को ‘जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । भदौ २३ गते देखि सुरु भएको सप्ताह कार्यक्रम २९ गते सम्पन्न भएको हो ।

गण्डकी प्रदेश सभा सदस्य एवम् प्रमुख सचेतक नन्दप्रशाद न्योपानेले शुक्रबार एक कार्यक्रमका बिच समापन गरेका हन् ।

समापन कार्यक्रममा बोल्दै उनले युवालाई क्षमतावान, नेतृत्व बिकास र उनीहरुको आचरण विकासमा महत्वपुर्ण भुमीका खेलेको बताए । जेसीजले आगामी दिनमा एस्तै रचनात्मक कामहरु गर्न समेत उनले आग्रह गरे ।

जेसीजको अध्यक्ष पुष्कर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना, सिरान्चोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, जेसीज वर्ष २००४ को अध्यक्ष जिवनज्योति श्रेष्ठ, सप्ताहको मुल संयोजक सुजित श्रेष्ठ, सदस्य वृद्धि संयोजक राजेश श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा शहिदलखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगर, गोरखा नगरपालिकाका उपप्रमुख मसली माया थोकर, सुरक्षा निकायका प्रमुख एबं प्रतिनिधि जेसीजका पदाधिकारी एवं सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । जेसीज २०१४ का अध्यक्ष शरण श्रेष्ठ र २०१७ का अध्यक्ष आनन्द गुरुङलाई कदर पत्र बितरण गरीएको अध्यक्ष गुरुङले उनले बताए ।

उक्त कार्यक्रममा जेसीज सप्ताहमा भएका नगर मावि स्तरीय बक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धतिय र तृतिय हुनेलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र सान्तोना हुनेलाई १/१ हजार र प्रमाण पत्र बितरण गरेको उनले बताए ।

पदयात्रा कार्यक्रममा सहभागी सवै भन्दा सानो उमेरका, जेसीज सप्ताहमा सहयोगीदाता र सम्पुण सप्ताह संयोजकलाई प्रमाण पत्र बितरण गरीएको जेसीजले जनाएको छ ।

गोरखा जेसीज सप्ताह कार्यक्रमको भदौ २३ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गरेका थिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

दरौदी नदीमा बेपत्ता भएका शम्शेर नेपाली मृत फेला

गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…

57 years ago

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago