गोरखा । आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० बर्षीया सुनमाया लामाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । घटनाको अनुसन्धानका लागि सोही स्थानका ३१ बर्षीय कर्मा छिरिङ र १८ बर्षीय साने भन्ने सुपराज लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत भदौ ३० गते बिहान करिव दश बजेको समयमा आफ्नै घरभित्रको कोठाको बलोमा नाम्लोको डोरीले पाँसो लगाई झुण्डिएको अवस्थामा सुनमायाको शव फेला परेको थियो । दुवै कानको लोती च्यातिएको अवस्थामा भएकाले हत्याको आशंका गर्दै प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । प्रहरी निरीक्षक शेखर खड्का नेतृत्वको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘भदौ २८ गते साँझ करिव ६ बजे घरमा कोही नभएको मौका छोपी कर्मा र सुपराजले सुनमायाको घाँटीमा डोरीले दुुई तर्फबाट कसेर मारेको भन्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । उनीहरुले मृतकको कानमा भएको सुनको रिङ पनि लुटेर लगेको खुल्न आएको छ,’ डिएसपी रमेशकुमार श्रेष्ठले भने, ‘घटनालाई ढाकछोप गर्न मृतकलाई कोठाको बलोमा झुण्ड्याएको अनुसन्धानमा देखिन्छ ।’
वुधवार उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान कसूर शीर्षकमा मुद्दा दर्ता भएको उनले बताए । अनुसन्धानको क्रममा वृद्धाको कानबाट थुतिएको सुनको रिङ समेत बरामद गरिएको श्रेष्ठले जानकारी दिए । ‘लुटपाट गरेर लगेको सुनको रिङ बेचिसकेका रहेछन्, हामीले त्यो पनि बरामद गरेर ल्याएका छौ,’ डिएसपी श्रेष्ठले भने ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…