रोहित चौधरीको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न थप दुई जना पक्राउ

समाचार

साउन २० । सुनसरी, ईटहरी उपमहानगरपालिका-२० सेउती पुलमा मोरङ बिराटनगर महानगरपालिका-५ कोचाखाल बस्ने २८ बर्षीय रोहित चौधरीको साउन ५ गते गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनामा संलग्न धरान उपमहानगरपालिका-४ बस्ने २७ वर्षीय ज्याङलो भन्ने युनेश राईलाई शनिबार उनकै घरबाट ८ राउण्ड गोलीसहित र ईटहरी उपमहानगरपालिका-४ डेरा गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका २९ वर्षीय सुजन तामाङलाई मोरङ बिराटनगर महानगरपालिका-११ स्थित महेन्द्रचोकबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भइरहेको छ । यसअघि सोही घटनामा संलग्न २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *