शिक्षा

मोबाइल बच्चालाई देखाएर खाना खुवाउँदा हुन्छन् यस्ता हानी

‘के गर्नु, बच्चा खाना खानै मान्दैन, मोबाइल देखाउँछु । यसैमा भुलेर केही खान्छ। मलाई पनि राहत हुन्छ ।’ पछिल्ला वर्षमा धेरै मानिसले यस्तो भनेको सुन्न सकिन्छ । आजकाल धेरै घरमा बच्चालाई खाना खुवाउन मोबाइलको सहारा लिने गरिन्छ । बच्चा जुनसुकै उमेरको किन नहोस्, खाने बेलामा मोबाइल त चाहिन्छ नै । तर धेरैले के थाहा पाउनुपर्छ भने यो राहतको कुरा होइन, यसले बच्चाको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।

केही हानीहरु:

लत

विशेषज्ञलाई विश्वास गर्ने हो भने बच्चालाई खाने खुवाउने बेला मोबाइल दिइयो र सधैँ यही प्रक्रिया जारी राखियो भने यसले बालबालिकामाथि नकारात्मक असर पर्न सक्छ । वास्तवमा सधैँ मोबाइल हेर्ने भएकोले बच्चालाई यसको लत लाग्न सक्छ । यहाँसम्म कि यदि तपाईंले साना बच्चालाई यसरी नै खाना खुवाउनु हुन्छ भने उनीहरुले खाना यसरी नै खानुपर्छ भनेर बुझ्छन् ।

कम वा धेरै खाना खानु

हाम्रो ध्यान खानामा हुँदा हामीले कति खाने, के खाइरहेका छौँ भन्ने कुरा हामीलाई थाहा हुन्छ । तर बच्चालाई खाना खुवाउने बेला मोबाइल देखाइयो भने बच्चाले कति खाने भनेर बुझ्न सक्दैनन् । त्यसैले धेरैजसो अवस्थामा बच्चाले कि त धेरै खाइरहेका हुन्छन् कि थोरै । यहाँसम्म कि बच्चालाई के खाइरहेको छु भन्ने कुरा पनि थाहा हुँदैन ।

खानाको स्वाद नै थाहा हुँदैन

खाना खाने बित्तिकै त्यो कस्तो स्वादको छ भन्ने कुरा थाहा भइहाल्छ । हामीले जे खाइरहेका छौँ, त्यो आफूलाई मन पर्ने खालको छ कि छैन भन्ने कुरा पनि हामीले थाहा पाउँछौँ । जबकि साना बच्चालाई मोबाइल देखाएर खुवाउँदा त्यसको स्वाद मिठो छ कि छैन भन्ने उनीहरुले थाहा पाउन सक्दैनन् । तपाईंले अनुभव गर्नुभएको होला कि बच्चालाई मोबाइल देखाउँदा उनीहरुले जे पनि खान्छन् । उनीहरूलाई मन नपर्ने कुरा पनि खाइरहेका हुन्छन् । सधैँ मोबाइल देखाएर खाना खुवाउनु बालबालिकाको टेस्ट बडका लागि सही होइन ।

परिवारसँग कुराकानी नहुनु

एक दशक अघिसम्म पूरा परिवार सँगै बसेर खाना खाने गर्दथे । खाना खाने समयलाई एक प्रकारको फ्यामिली टाइम मानिन्थ्यो । यति बेला परिवारका सबै सदस्यले एक आपसमा कुराकानी गर्दथे, आफ्ना समस्याको समाधान खोज्थे । यसरी पारिवारिक सम्बन्ध पनि बलियो हुन्थ्यो । तर अहिले खाना खाने समयमा यस्ता खालका कुराकानी कमै देखिन्छ । यदि तपाईंले बच्चालाई खाना खुवाउने बेला यसरी नै मोबाइल देखाउनुहुन्छ भने उनीहरुले खाना खाने बेला कहिले पनि कुराकानीको सिलसिला सुरु गर्दैनन् । यसरी उनीहरुले फ्यामिली बन्डिङलाई बुझ्न पनि सक्दैनन् ।

आमाबुवाले बच्चालाई खाना खुवाउने बेला के गर्ने ?

अभिभावकले बच्चालाई खाना खुवाउने बेला कहिल्यै पनि मोबाइल दिनु हुँदैन । यसका साथै निम्न उपाय अपनाउन सक्नुहुन्छ ।

– बच्चासँग खाना खाने बेला धेरै कुराकानी गर्नुहोस्

– बच्चालाई भोक लागेपछि मात्रै खाना खुवाउनुहोस्

– खाना खाने बेला मोबाइल हेर्ने भनेर जिद्दी गर्न थाल्यो भने बेवास्ता गर्नुहोस्

– खानामा के मन पर्छ, त्यसबारे बच्चासँग कुराकानी गर्नुहोस्

– तपाईं आफैँ पनि खाना खाने बेलामा कहिल्यै मोबाइल नहेर्नुहोस् । ध्यान राख्नुहोस्, बच्चाले सधैँ आफ्नो आमाबुवाको बानी अनुसरण गर्छन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago