कार्तिक ११ । १५ दिने बडादशैँको अन्तिम दिन आज नेपाली हिन्दू धर्मावलम्बीले ऐश्वर्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाउँदैछन् ।
कोजाग्रत पूर्णिमाका दिन मनाइने बडादशैं पर्व आज साँझ घरघरमा पुगी महालक्ष्मीको पूजा आराधना गरी रातभर जागर गरी समापन हुँदैछ ।
शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै हुनेछ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ ।
कोजाग्रत पूर्णिमाको रातमा महालक्ष्मी देवीले ‘यो विशेष रातमा कसले जागर राखेको छ भनी जाँच्न’ भनेर विश्वको परिक्रमा गर्ने जनविश्वास रहेको छ ।
यस विश्वासका आधारमा रातभर जागरमा पाइनेलाई धनकी देवीले आशिर्वाद दिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
दशैं पर्वको टीका र जमरा दिने र ग्रहण गर्ने विधि पनि यसै दिन समापन हुने भएकाले घटस्थापनाको दिन दशैंघर र कोटमा अंकुरित र अभिषेक गरिने जमरालाई धार्मिक परम्पराअनुसार विसर्जन गरिन्छ ।
स्वयम्भू चैत्यमा पनि मानिसहरूले महादीप दीप प्रज्वलन गरी रात्रि जागरण गर्ने गर्दछन् ।
गोरखा । डिभिजन वन कार्यालय, गोरखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सिमसार संरक्षण तथा व्यवस्थापन योजनाअनुसार अजिरकोट…
पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…
गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…
गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…
गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…
गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…