खेलकुद

नेपालले सिंगापुरलाई ८ विकेटले हराउँदा अर्ना बियरको झण्डै ७ लाख खर्च, कुन खेलाडीले कति पाए ?

१३ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सानदार विजयी सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराउँदै सुखद विजयी सुरुवात गरेको हो । सिंगापुरले दिएको १४६ रनको मध्ययम लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्रै २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भूर्तेलले ७४ रनको विष्फोटक पारी खेल्दा कप्तान रोहितकुमार पौडेलले ३५ रन थपेका थिए ।

नेपालले खेल्नै छनोट खेलहरुलाई नगद पूरस्कारले प्रायोजन गरेको यति ब्रूवरीको उत्पादन अर्ना बियरले आजको खेलमा ६ लाख ६० हजार भन्दा धेरै खर्च गरेको छ । अर्नाले आइतबार जानकारी दिएअनुसार उसले नेपालले खेल्ने प्रत्येक खेलमा प्रत्येक एक रनमा एक हजार, चौकामा १० हजार, छक्कामा २० हजार, विकेटमा २५ हजार प्रति डटबल एक हजार र प्रति मेडन ओभर १० हजार दिने घोषणा गरेको थियो ।

आज भएको पहिलो खेलमा नेपालले सिंगापरविरुद्ध सुरुमा फिल्डिङ गरेको थियो । जसमा ५ जना बलरहरु प्रयोग गरिएको थियो । नेपालको तर्फबाट फिल्डिङमा आएका अविनाश बोहरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र गुल्सन झामध्ये सबैभन्दा धेरै रकम अविनाश बोहराले पाउने भएका छन् ।, ४ ओभर बलिङ गरेका उनले ३ विकेट लिँदै १ मेडन राख्दै ४३ रन खर्चिएका थिए । उनले तीन विकेटको २५ हजारका दरले ७५ हजार, ९ डटबल फालेकोमा ९ हजार र एक मेडन ओभरको १० हजार गरेर कूल ९४ हजार प्राप्त गरेका छन् । त्यस्तै समान २ विकेट लिएर १३ वटा डटबल फालेका सन्दीप लामिछाने र गुल्सन झाले समान ६३ हजार पाउँदा २ विकेट नै लिएका करण केसीले ११ वटा डटबल फ्याकेर ६१ हजार प्राप्त गरेका छन् भने विकेट विहीन रहेका सोमपाल कामीले १३ वटा डटबल फ्याँक्दै १३ हजार प्राप्त गरेका छन् ।

ब्याटिङतर्फ भने नेपालका ओपनर कुशल भूर्तेलले सर्वाधिक १ लाख ९४ हजार पाउने भएका छन् । उनले ८ चौका हिर्काएको १० हजारका दरले ८० हजार, २ छक्काको २० हजारका दरले ४० हजार र प्रत्येक रनको एक हजार गरी थप ७४ हजार गरेर १ लाख ९४ हजार उनले पाउँनेछन् । अर्नाले चौका र छक्का प्रहार गर्दापनि त्यसलाइ थप एक रन मान्ने बताएको छ ।

त्यस्तै कप्तान रोहित कुमार पौडेलले अर्नाले उद्घोष गरेअनुसार प्रत्येक रनको एक हजारका दरले ३५ हजार र २ छक्काको ४० हजार र २ चौकाको २० हजार गरेर कूल ९५ हजार प्राप्त गर्नेछन् । उनले जम्मा नटआउट रहँदै ३५ रन जोडेका थिए । नेपालका अर्का ओपनर आसिफ शेखले अर्नाले उल्लेख गरेअनुसार २ चौकाको २० हजार , एक छक्काको २० हजार र कूल २७ रनको २७ हजार गरी ६७ हजार पाउनेछन् । भने अन्तिममा ब्याटिङ गर्न आएका कुशल मल्लले ६ रनको ६ हजार र एक छक्काको २० हजार गरेर २६ हजार पाउनेछन् ।

कम्पनीले घोषणा गरेअनुसार आज सिंगापुरविरुद्धको खेलमा बलिङतर्फ २ लाख ९४ हजार र ब्याटिङतर्फ ३ लाख ७२ हजार गरेर अर्नाले कूल ६ लाख ७६ हजार बराबरको खर्च गरेको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

पालुङटारका ४ हजार ५८२ सामुदायिक विद्यालयका विद्यार्थीको दुर्घटना बिमा

गोरखा । पालुङटार नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ५८२ जना विद्यार्थीको सामूहिक दुर्घटना…

57 years ago

गोरखामा ट्रामाडोलसहित दुई जना पक्राउ

गोरखा प्रहरीले ट्रामाडोल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बिहीबार…

57 years ago

डिभिजन वन कार्यालय गोरखाको चेतावनी: ७ दिनभित्र अवैध संरचना हटाउनू

गोरखा,असार २४ । गोरखा नगरपालिका–११ को १२ किलो क्षेत्रमा रहेको ओख्ले पाखा सामुदायिक वन क्षेत्रभित्र निर्माण…

57 years ago

२०७४ सालदेखि निरन्तर पूर्णखोप सुनिश्चितता कायम गर्दै आएको गोरखा पुनः घोषणा

गोरखा, असार २२ । गोरखा जिल्लालाई पुनः पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।…

57 years ago

डोल्पामा बोलेरो दुर्घटना : एकको मृत्यु, १३ घाइते

२१ असार २०८३ । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको…

57 years ago

हिंस्रक ध्रुवे फेरि बस्तीमा, आमाछोरासहित २५ जनाको ज्यान लियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली भाले हात्ती ‘ध्रुवे’को आक्रमणमा भरतपुर महानगरपालिका–२३ की २१…

57 years ago