स्वास्थ्य

एम्स अनुसन्धानको नतिजा: योगको माध्यमबाट ७ गुणा कम छारे रोग (इपिलेप्सी) को एटैक

मानसिक र शारीरिक स्वास्थ्यका लागि योगलाई राम्रो मानिन्छ तर यसबाट पनि छारे रोग (इपिलेप्सी) अर्थात् मिर्गी रोगलाई नियन्त्रण गर्न सकिने छिमेकी राष्ट्र भारतको नयाँ दिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा गरिएको एउटा अध्ययनमा देखिएको छ ।

के योगले छारे रोग निको पार्न सक्छ ?

मस्तिष्कका धेरै रोग बाट ग्रसित बिरामी हरूले योग गर्दा लाभ उठाउने गरेको देखिएको छ । तर सबैभन्दा कठिन रोग मध्येको एक एपिलेप्सी (छारे रोग) जसलाई मधेश तिर बोलचालमा मिर्गी पनि भनिन्छ, यसका बिरामीका लागि औषधि सँगै योग गर्नाले रोग नियन्त्रणमा मात्र सहयोग पुगेन, छारे रोगको एटैक (सिजर) हुने सम्भावना पनि धेरै हदसम्म कम भयो ।

के योगले मिर्गी निको हुन्छ? 

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) को न्युरोलोजी विभागमा पिएचडी गरिरहेकी डा. किरणदीप कौरले एपिलेप्सीबाट पीडित १ सय ६० बिरामीमा यो अध्ययन गरेकी हुन् ।

यो अध्ययन अमेरिकी जर्नल न्युरोलोजी मा प्रकाशित भएको छ । सेन्टर फर इन्टिग्रेटिभ मेडिसिन विभाग सँगको सहकार्यमा यो अध्ययन गरिएको हो । एम्सका न्युरोलोजी विभागका प्रमुख डा मञ्जरी त्रिपाठीका अनुसार यो विश्वकै पहिलो अध्ययन हो जसले कतिपय बिरामीलाई योगा र अन्य बिरामीलाई योग जस्तै सामान्य व्यायाम गराएर फरक लाई प्रमाणित गरेको छ ।

अनुसन्धान कसरी भयो ? 

वास्तवमा, एम्सद्वारा अध्ययनमा समावेश गरिएका १६० बिरामीहरू मध्ये ८० बिरामीहरूलाई योगासन गराइयो, बाकी ८० बिरामीहरूलाई नियन्त्रण समूहमा समावेश गरी ‘शाम योग’ अर्थात् योग–जस्तो व्यायाम गराइयो ।

यी बिरामीहरूलाई योगका महत्वपूर्ण अंगहरू जस्तै श्वास प्रश्वासको गति र सास फेर्न र बाहिर निकाल्ने बारे जानकारी दिइएन । ६ महिनासम्म चलेको यस अध्ययनको नतिजाले चिकित्सकलाई समेत आश्चर्यमा पारेको छ । सास लिने, सास छोडने र सास रोक्ने जस्ता कारकहरूका साथ योग अभ्यास गर्नेहरूलाई अन्य बिरामीहरूको तुलनामा ७ गुणा बढी फाइदा भयो।

अध्ययनका क्रममा सबै बिरामीलाई साता को ५ दिन ४५ देखि ६० मिनेटसम्म योग गर्न लगाइएको थियो । योग गुरुको रेखदेखमा जम्मा ७ सत्रहरू पढाइयो। बाकी दिन बिरामीहरूलाई योग गर्न बोलाइयो। यी बिरामीहरूलाई योग गतिविधिहरूको रूपमा सूक्ष्म व्यायाम, प्राणायाम र ध्यान अर्थात् मेडिटेसन गराइयो । योग अन्तर्गत गरिएको क्रियाकलापको जम्मा ५० प्रतिशत ध्यान थियो ।

३ महिना पछि, मिर्गी रोगीहरूमा तनाव र चिन्ता उल्लेखनीय रूपमा कम भयो। जसको फलस्वरूप उनीहरूको मिर्गीको एटैक पनि कम भयो । धेरै बिरामीहरू को एटैक ७ गुणा सम्म घट्यो । सबै बिरामीहरूलाई मिर्गीको एटैक रोक्नको लागि औषधिहरू समेत जारी राखिएको थियो । उनीहरू सबैलाई निरन्तर योग गरि रहन सल्लाह दिइएको छ ।

योगले तपाई को जीवनलाई राम्रो बनाउनेछ 

नेपाल भारत जस्तो मुलुकमा एपिलेप्सीका बिरामीहरू ले पढाइ, जागिर र सामाजिक जीवनबाट बहिष्कारको सामना गर्नुपर्छ। यो रोगमा मस्तिष्कको न्युरोन्समा अत्याधिक करेन्टका कारण बिरामीलाई एटैक आउन थाल्छ, उसले आफ्नो शरीर माथिको नियन्त्रण गुमाउँछ र धेरै पटक बेहोस पनि हुन्छ । यो रोगको कुनै उपचार छैन, तर निरन्तर औषधि र योगले बिरामीले आफ्नो जीवन सुधार्न सक्छ । एम्समा अब यो पनि हेर्ने प्रयास गरिएको छ की के मिर्गी रोगीलाई एटैक बाट पूर्णतया मुक्त गर्न सकिन्छ ?

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago