राजनीति

मन्त्रीको लापरबाहीका कारण दुई होनहार युवाको ज्यान गयो, तर छैन राजीनामा!

काठमाण्डु- भौतिक पूर्वाधारत तथा यातायातमन्त्री प्रकाश ज्वालाको चौतर्फी आलोचना भइरहेको छ । गत शुक्रबार ललितपुरको बालकुमारीमा घटेको घटनालाई लिएर मन्त्री ज्वालाको आलोचना भइरहेको छ ।

प्रदर्शन भइरहेको छ भन्ने थाहा हुँदाहुदैँ सुरक्षा संवेदनशीतलालाई ख्याल नगरी त्यो बाटो प्रयोग गरेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत असन्तुष्ट पोखेका छन् ।

सोमवार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्थापन तथा सुशासन समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्री ज्वालाको भूमिकाबारे प्रश्न उठाएका छन् । जसअनुसार गृहमन्त्री मन्त्री ज्वालाको आगमनका कारण बालकुमारी घटनामा स्थति असामान्य बनेको बताए ।

साथै प्रहरीले फायरिङ गरेपछि मन्त्रीको गाडी जलेको देखिएको उनको भनाइ छ । ‘प्रदर्शनकारीले मन्त्रीलाई घेरेको भनेपछि गोली त्यही बेला प्रहार भयो, त्यो देखिन्छ, फायरिङको सन्देशसँगै उतापट्टि गाडी जलेको देखिन्छ ।’, उनले भने । त्यस्तै श्रेष्ठले उक्त घटनामा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै महामन्त्री थापाले थाहा हुँदाहुँदै आन्दोलन भइरहेको बाटोबाट मन्त्रीले यात्रा गर्नु लापरबाही भएको बताए । ‘पीएसओले नजाऔँ भन्दाभन्दै, त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै जानु यो जबरजस्ती हो । चरम लापरबाही हो, हेपेको हो । सामान्य व्यक्तिले गर्ने लापरबाहीले कत्रो मूल्य चुकाउनुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरबाहीले गर्दा यत्रो ठुलो दुर्घटना भयो ।’, उनले भने ।

्बालकुमारी घटनाको छानबिन गर्न गठित समितिले मन्त्रीले गरेको लापरबाही पनि हेर्नुपर्ने थापाले बताए । उनले भने, ‘यो समितिले मन्त्रीको लापरबाही हेर्छ की हेर्दैन ? लापरबाही हो भने दण्ड हुन्छ ।’ त्यस्तै प्रहरी महानिरीक्षक कुँवरले बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै मन्त्री ज्वालाको सवारी हुँदा स्थिति झन असामान्य बन्न पुगेको बताए ।

‘मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय भएन । भिडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद भयो,’ उनले भने, ‘प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको र धैर्यता गुमाएको अवस्था देखियो ।’

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पनि मन्त्री ज्वालाको गम्भीर लापर्वाहीका कारण घटना घटेको बताउँदै आएका छन् । प्रदर्शन भइरहेको छ भन्ने थाहा हुँदाहुँदै सुरक्षा संवेदनशीतलालाई ख्याल नगरी मन्त्री ज्वालाले त्यो बाटो प्रयोग गरेको खतिवडाको आरोप छ ।

यसैबीच संसदीय समितिले बालकुमारी घटना प्रकरणमा मन्त्री ज्वालाको भूमिकाबारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सांसदहरुले मन्त्रीकाे लापरबाहीका कारण दुई होनहार युवाको ज्यान गएको दावी गरेका छन् ।

सुरक्षा संवेदनशीतलालाई वास्ता नगरी सो बाटो प्रयोग गर्दा घटना भएको भनी सुरक्षा निकायका प्रमख र सांसदहरुले नै आरोप लागाउदासमेत उनले राजीनामा दिएका छैनन् । उल्टै मन्त्री ज्वालाले भने घटना हुँदा आफू सो गाडीमा सवार नरहेको झुठो अभिव्यक्ति दिएका थिए । घटनाबारे प्राप्त भिडिओ फुटेजका आधारमा उनी सोही गाडीमा सवार रहेको र प्रदर्शनकारीले गाडी नियन्त्रणमा लिएपछि उनलाई सुरक्षाकर्मीहरुले सुरक्षित स्थानतर्फ लगेको प्रष्ट रुपमा देख्न सकिन्छ ।

गत शुक्रवार ललितपुरको बालकुमारीमा कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरूले प्रदर्शन गरिरहेको क्षेत्रबाट मन्त्री ज्वालाले यात्रा गरेका थिए । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो भने प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडी जलाइदिएका थिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

बैतडीमा धनगढीबाट जाँदै गरेको बस दुर्घटना, १६ जना घाइते

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न बैतडीमा दुर्घटना भएको छ। सुपप्र ०१–००१ ख…

57 years ago

गोरखामा अध्ययन सुरु भएको पुरातात्विक भग्नावशेष मल्लकालीन महादेव मन्दिर भएको पुष्टि

गोरखा, असार १९ ।  गोरखा नगरपालिका–१० छेपेटारस्थित महादेवटारी क्षेत्रमा गत वर्ष फेला परेको पुरातात्विक भग्नावशेष…

57 years ago

गोरखामा कालो सिसा हटाउने अभियान : २४ सवारीसाधनबाट कालो सिसा र स्टिकर हटाइयो

गोरखा प्रहरीले सवारीसाधनमा जडान गरिएको कालो सिसा र कालो स्टिकर हटाउने अभियान सञ्चालन गर्दै २४…

57 years ago

असई थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो…

57 years ago

दैलेख दुर्घटना : एक जनाको शव फेला, उद्धार तथा खोजी जारी

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिक सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख…

57 years ago

लुम्बिनीसम्म फैलियो मनसुन, आज काठमाडौंसहित विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, असार ८ । असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजदेखि लुम्बिनी…

57 years ago