Categories: समाचार

गृहमन्त्रीलाई रविले भने :- ‘समुन्द्रमा हराएको टाइटानिक भेटिएला तर तपाईंको नैतिकता भेटिन्नँ’

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज (सोमबार) को बैठकमा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान गृहमन्त्रीबारे गम्भीर सवाल उठाएका छन् ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले लामिछानेका सवालको अक्षरशः जवाफ दिएका छन् । बैठकमा लामिछानेले गृहमन्त्री श्रेष्ठको नैतिकतामाथि प्रश्न उठाउँदै ‘बरू समुन्द्रमा हराएको टाइटानिक भेटिएला तर तपाईंको नैतिकता भेटिन्न, म त्यता जादिनँ,’ भनेका थिए । लामिछानेले भुटानी शरणार्थी प्रकरण र ६० किलो सुन बरामद प्रकरणमा आफूले दिएको प्रमाण पनि गृहमन्त्रीले जोगाएर राखेको बताएका थिए । उनले न्यायिक छानबिन समिति बनाउनुको उद्देश्य कतै आफ्नाहरूलाई जोगाउन त हैन भनेर गृहमन्त्रीलाई सोधेका थिए । लामिछानेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले लामिछानेमाथि नै प्रश्न गरेका छन् ।

उनले लामिछाने पहिले नै प्रतिक्रियात्मक भएको टिप्पणी गरेका हुन् । वैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले लामिछानेले गरेका तर्कहरू गलत भएको बताएका हुन् । ‘मलाई केही पर्छ कि क्या हो त्यही भएर भन्दिहालौं जस्तो पो लाग्छ कि मान्छेहरूलाई ? अथवा आफूले पहिले गरेको गल्तीमा कुनै कारणले कानुनी छुट पाए भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भन्ने पो लाग्छ कि !,’ श्रेष्ठले भने, ‘दोष छ भने कारबाही गरिन्छ । तर प्रतिशोध साध्न सकिन्न ।’

गृहमन्त्री श्रेष्ठले कानुनको कार्यान्वयनमा निष्पक्षतापूर्वक लागेको बताउँदै लामिछानेले उठाएका सवालहरूको जवाफ दिएका हुन् । ‘म रियाक्टिभ मान्छे होइन, उहाँले समितिमै प्रश्न उठाएको भएकाले समितिमै जवाफ दिन उपयुक्त ठानेको छु,’ गृहमन्त्री श्रेष्ठले भने, ‘६० किलो सुन काण्डमा सिआइबीलाई छानबिन गर्न ल्याइयो । त्यो किन ल्याइयो त भने प्रहरी परिचालन गरेर नजिकका मान्छेलाई छुट दिन सकिन्छ र दोषीलाई उम्काउन सकिन्छ भन्ने आशय राखेर सिआइबीमा ल्याइयो भन्ने कुरा उहाँको छ । तर छानबिन समिति बनाउन माग गर्ने र बनिसकेपछि धन्यवाद दिनेमध्ये उहाँ पनि एक हो ।’ गृहमन्त्रीले जवाफ दिँदा लामिछाने भने बैठकमा थिएनन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago