१९ पुष, गोरखा । संभव नेपाल संस्थाले गोरखाका ६ वटा स्थानीय तहलाई ‘ख’ बर्गको एम्बुलेन्स सहयोग गरेको छ ।
अजिरकोटको भच्चेक आधारभुत अस्पताल, बारपाक सुलिकोटको शहीद प्रेम ढकाल स्मृती आधारभुत अस्पताल, सिरानचोकको श्रीनाथकोट स्वास्थ्य चौकी, गण्डकी गाउँपालिकाको दुर्बङ स्वास्थ्य चौकी, आरुघाट गाउँपालिकाको थुमी स्वास्थ्य चौकी, चुमनुब्री गाउँपालिकाको सिर्दिबास स्वास्थ्य चौकीलाई एक एक थान एम्बुलेन्स हस्तान्तरण गरिएको हो । एम्बुलेन्स सँगै भ्याक्सीन रेफ्रिजियटर (आईएलआर) वेड सेट, हिटर, डेलिभरी वेड, स्टेचर, स्पाईनल बोर्ड, ह्वील चियर लगायतका सामाग्री पनि बितरण गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय तहका प्रमुख, उपप्रमुखहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
उनले एम्बुलेन्सको सही सदुपयोग गर्न र व्यवस्थित रुपमा संचालन गर्न स्थानीय तहहरुलाई अनुरोध गर्दै संभव नेपालका संस्थापक अध्यक्ष समाजसेवी, नेपाली कांग्रेसका महासमिति सदस्य प्रेम खत्रीलाई धन्यवाद दिँदै मुख्यमन्त्री पाण्डेले यसअघि देखि गोरखामा गर्दै आएका सामाजिक कामको प्रशंसा गरेका थिए ।
एम्बुलेन्स र स्वास्थ्य सामग्री सहित २ करोड ३६ लाख रुपैयाँ बजेट खर्च भएको संभव नेपालले जनाएको छ । उक्त संस्थाका अध्यक्ष खत्रीले यस अघि पनि गोरखाको ६ वटा स्थानीय तहहरु, गण्डकी गाउँपालिक १, भिमसेन थापा १, गोरखा नगरपालिका २, धार्चे गाउँपालिका १, शहिदलखन १ थान एम्बुलेन्स बितरण गरेका थिए ।
गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…
काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…
गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…
पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…
रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…