Categories: समाचार

गोरखा रेडक्रसको २७ औं जिल्ला सभा तथा अधिवेशन शुरू

गोरखा, माघ १३ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाको २७ औं जिल्ला सभा तथा अधिवेशन सुरु भएको छ । शनिबार जिल्ला समन्वय समिति गोरखाको सभाहलमा जिल्ला सभा तथा अधिवेसन सुरु भएको हो ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाका सभापति यदु विलास भट्टराईको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दिनेश अर्यालको उपस्थिति रहेको थियो।

जिल्ला सभा तथा अधिवेशनको जिल्ला समन्वय समिती गोरखाका प्रमुख मोहन बहादुर थापा मगरले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै थापाले नेपाल रेडक्रस सोईटी गोरखाले स्थापना काल देखि बिपदका बेला मानव सेवामा समेत राम्रो काम गर्दै आएको तर बर्तमान समयमा विभिन्न समाचारहरुमा नेपाल रेडक्रस सोसाईटीको नकारात्मक समाचारहरु आईरहेको प्रति गम्भिर ध्यानाकर्षण भएको र नेपाल रेडक्रस सोईटी गोरखा शाखाले विश्वास गुमाउदै गएको बताए ।

उनले आगामी दिनमा पनि जिल्लामा रेडक्रसलाई सक्रिय बनाउन सबैको एकता हुने खालको वातावरण तयार गरि सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे । उनले मानव सेवाका लागि गैरराजनीतीक तरिकाले काम गर्न समेत सबैमा आग्रह गरे ।

नेपाल रेडक्रम सोसाईटी गोरखा शाखाका सभापती यदु विलास भट्टराईले आफ्नो कार्यकालमा रेडक्रसको संस्थागत तथा अन्य भौतिक विकासमा समेत राम्रो काम भएको बताए । उनले जिल्ला शाखाको ब्लड बैंकको सुरुवात तथा अन्य प्राकृतीक विपदका घटनामा राहत तथा पुर्नरस्थपनाका कार्यमा समेत उपलब्धी मुलक काम गरेको बताए । साथै सभापती भट्टराईले जिल्लामा चलेको नकरात्मक समाचार प्रति खण्डन गर्दै हामी प्रत्यक्ष सहभागिहरुले देखेको घट्नालाई बाहिरको व्यक्तिहरुले भनेको भनाईलाई नै आधिकारीक मानेर नकारात्मक समाचार तथा जानकारी फैलाएको प्रति दुख व्यक्त गरे । उनले गोरखा शाखामा आर्थिक अभावका कारण कर्मचारीहरुलाई तलवको विषयमा भएको सामान्य विवादलाई हानाहान भएको खबर समाचारमा सुन्दा मानव सेवाका लागि बनेको रेडक्रसको बदनाम गर्न तथा विश्वासको कमी गराउन राजनीतिकरण भएको बताए ।

रेडक्रसको जिल्ला नेतृत्व चयनका लागि शनिबार देखि नै बन्दसत्र सुरु भएको छ । रेडक्रसले आइतबार सम्म नयाँ नेतृत्व चयन गरिसक्ने जनाइएको छ । अधिवेशनको उद्घाटन समारोहमा आएका प्रमुख अतिथी र अतिथीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

मानव कल्याणका लागि काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटी २०२९ साल माघ ४ गते गोरखामा स्थापना गरिएको थियो । त्यस यता जिल्लामा नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाले प्राकृतिक विपदका साथै मानविय घटनाहरुमा राहत तथा उद्धारको कार्यमा समेत काम गर्दै आई रहेको छ ।

महामानव जाँ हेनरी ड्युनाले ई.सं. १८६३ अक्टोवर २० मा मानव कल्याणको लागि केही गर्नुपर्छ भन्ने सोचका साथ रेडक्रस संस्था स्थापना गरेका थिए । अन्तर्राष्ट्रिय रेडक्रस विश्वका एक सय ९२ राष्ट्रमा फैलिरहेको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस स्थापनाको ठीक एक सय वर्ष पछाडि वि.सं. २०२० भाद्र १९ गते नेपालमा रेडक्रसको स्थापना गरिएको थियो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago