Categories: समाचार

दश बर्षको अन्तराल पछि दोस्रो आवुखैरेनी महोत्सव फाल्गुण १० गते देखि हुने

गोरखा, माघ २३ । उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवद्र्धन,स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पर्यटकीय दृष्टिकोणले आँबुखैरेनी गाउँपालिका सुरक्षित गन्तव्य रहेको सन्देश दिन तथा उद्योग व्यापारको पर्वद्धन गर्ने उद्देश्यका साथ तनहुँको आँबुखैरेनीमा दास्रो आँबुखैरेनी महोत्सव २०८० दश बर्षको अन्तराल पछि यहि मिति फाल्गुण १० गते देखि २० गते सम्म आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ स्थित छविसे टोलमा हुने भएको छ । पहिलो आवुखैरेनी महोत्सव २०७१ सालमा आयोजना गरिएको थियो ।

आँबुखैरेनी गाउँपालिकामा रहेका ऐतिहासिक सम्पदाहरु एवम् प्रचुर सम्भावना बोकेका पर्यटकीय स्थल छिम्केश्वरी, आँधिमुल र मस्र्याङ्गदी जलाशयमा जलक्रिडा, ऐना पहरा आदीको व्यापक प्रचार प्रसार गरी आँबुखैरेनीको आर्थिक उन्नतिमा टेवा पुर्याउन तथा कृषि, उद्योग,व्यापार, शिक्षा, स्वास्थ्य,सञ्चार, जडिबुटी प्रसोधन एवं खेलकुद तथा पर्यटनलाई पर्वद्धन गर्ने उद्धेश्यका साथ महोत्सवको आयोजना गरिएको तनहुँ उद्योग वाणिज्य संघ आँवुखैरेनी बजार इकाई समितिका अध्यक्ष भगवान श्रेष्ठले जानकारी दिए ।

तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवमा घरेलु सामाग्रीहरुको पहिचान गरी बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, कृषि उत्पादनलाई सरल सहज र भरपर्दो ढगले बजारीकारण गरी व्यावसायिक सहयोग पुर्याउने, आदिवासी जनजातिका भाषा, धर्म र सँस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न, स्थानीय वस्तु तथा सेवाहरुको बजार प्रबद्र्धन गर्न स्थानिय व्यवसायीहरुलाई प्रात्साहन गर्न, आँबुखैरेनीमा रहेको पर्यटकीय क्षेत्रको पहिचान गरी पूर्वाधार विकास गर्ने, खेलकुदको बिकास गर्न खेलाडीहरुलाई प्रोत्साहन गर्ने, बैंक तथा वित्तीय संस्था र उद्यमी व्यवसायी बीच सुमधुर सम्वन्ध स्थापना गर्ने लक्ष्य रहेको महोत्सवको आयोजना गरिएको इकाइले जनाएको छ ।

महोत्सवका मुख्य आकर्षणहरुमा सास्कृतिक प्रदर्शनी, धार्मिक ऐतिहासिक स्थलको अवलोकन, कृषि फर्म तथा पशुपालन अवलोकन, उद्योगधन्दा तथा विद्युत उत्पादन केन्द्रको अध्ययन अवलोकन, धार्मिक पर्यटकीय एवम रमणीय स्थलको अवलोकन, आँवुखैरेनी–छिम्केश्वरी २ दिने प्याकेज भ्रमण, खनिज तथा कच्चा पदार्थ उध्ययन अवलोकन मुख्य आकर्षणको रुपमा रहेको छ । त्यस्तै अन्य आकर्षणहरुमा दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवम् खरिद विक्रि, विभिन्न जातीय पहिचान झल्कने खानाको परिकार उपलब्ध गराइने, साँस्कृतिक झाँकी सहितको यात्रा, राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुद्धारा हास्य व्यंग्य प्रस्तुती, राष्ट्रिय कलाकारहरुद्धारा लोक तथा दोहोरी गीत प्रस्तुती, स्थानीय कौरा तथा चुड्का नृत्य प्रतियोगिता, खुल्ला भलिबल प्रतियोगिता, कृषि उत्पादनको प्रदर्शनी, आयुर्वेदिक औषधिको प्रदर्शनी, स्थानीय कलाकारहरुद्धारा साँस्कृतिक कार्यक्रम आदी रहेको छ ।

महोत्सव स्टलमा विभिन्न खानाको कक्ष होटल र रेष्टुराको २० स्टल, व्यापारिक सामाग्री प्रदर्शनी विक्रि कक्षका ८० स्टल, घरेलु तथा हस्तकाला उत्पादनका विक्रि कक्षको २० स्टल, कृषि उत्पादनका प्रदर्शनी एवम् विक्रि कक्षका २५ स्टल तथा अन्य कक्ष गरी १७५ स्टल रहने छ।

महोत्सवका आयोजकका अनुसार ४ करोड ५० लाखको कारोवार हुने अनुमान गरिएको छ भने ७५ हजार आन्तरिक तथा बाह्य पर्यटकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago