स्वास्थ्य

गोरखाका करिब १७ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइँदै

गोरखा, फागुन १४। यही फागुन १६ गते देखि गोरखा जिल्लाका एघार पालिकाका १६ हजार ९ सय ८० जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखा जिल्ला भर फागुन १६ गते देखि २२ गते सम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गरिने भएता पनि प्रदेशस्तरमा आजै देखि अभियानको सुरुवात गरेको अवसरमा गोरखामा पनि प्रतिकको रुपमा सदरमुकाम स्थित गोरखा जिल्ला अस्पतालको खोप केन्द्रमा ९ महिना पुरा भई ५ बर्ष भित्रका केही शिशुहरुलाई खोप लगाई जनचेतनाका लागि आजको दिन खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका खोप शाखा निरिक्षक नानीबाबु दानीले बताए ।

खोप सञ्चालन गर्न जिल्लाका एघार पालिकामा दुई सय ६७ खोप केन्द्र स्थापना गरिएको छ भने खोप कार्यक्रम सञ्चालन गर्न दुई सय ६७ जना स्वास्थ्यकर्मी र पाँच सय ३८ स्वयंसेवक परिचालन गरिने कार्यालयका खोप शाखा निरिक्षक दानीले बताए ।

कार्यालयका खोप शाखा निरिक्षक दानीका अनुसार यही फागुन १ गतेबाट ९ गतेसम्म भिन्न चरण गरेर जिल्लाका एघार वटै स्थानीय तहका स्वास्थ्यकर्मी तथा खोप कार्यकर्तालाई अभिमुखिकरण गरिएको थियो ।

त्यस्तै अभियानका बेला अनिवार्य दादुरा–रुबेलाको खोप लगाउन सरकारले अनुरोध गरेको छ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग निवारण गर्ने सरकारको लक्ष्य छ । गतवर्ष २१ जिल्लामा फैलिएको दादुराबाट एक हजार ३४९ जना संक्रमित भइ एक जनाको मृत्यु भएको थियो ।

यो संक्रमण एक व्यक्तिबाट १८ जनासम्ममा सर्नसक्ने विश्व श्वास्थ्य संगठनको भनाई रहेको छ । गर्भावस्थामा दादुरा–रुबेला संक्रमण भए शिशुमा अपांगता हुनसक्ने, मुटुमा समस्या हुने साथै शिशुको मृत्यु समेत हुनसक्ने जोखिम रहन्छ । दादुराले वाल्यवस्थामा पनि अपांगता तथा मृत्यु गराउनसक्छ । यसको निश्चित औषधि उपचार नभएकाले खोप नै संक्रमणबाट जोगिने एकमात्र उपाय भएको विश्व श्वास्थ्य संगठनले बताएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago