Categories: समाचार

स्काउट गण्डकी प्रदेश परिषदको सपथ ग्रहण सम्पन्न

पोखरा, फागुन २६ । नेपाल स्काउट गण्डकी प्रदेश परिषद को प्रथम बैठक सम्पन्न भएको छ। गत माघ २७ गते भएको प्रदेश परिषदको निर्वाचनमा गण्डकी प्रदेशबाट २२ जना स्काउटर बिजयी  भएका थिए। नेपाल स्काउट रास्टृय कार्यकारी समिती सदस्य आशिर्वाद सुबेदिले निर्वाचितहरु लाई सफतग्रहण गराउनु भएको थियो ।
सोही अवसरमा नबनियुक्त प्रदेश आयुक्त सागर पौडेलले पदभार ग्रहण गर्नुभएको छ । प्रदेश परिषद मा निर्वाचितहरु मध्यबाट निबर्तमान सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुसिला सिम्खडाले यहि फाल्गुन ६ गते नेपाल स्काउटको नियमावली ले गरेको ब्यबस्था बमोजिम प्रदेश आयुक्तको जिम्मेवारी प्रदान गर्नुभएको थियो ।
पदभार ग्रहण गरे सङै प्रदेश आयुक्त पौडेलले गण्डकी प्रदेशमा स्काउटिङ अभियान लाई सशक्त रुपमा सन्चालन गरिने र आगामी दिनहरुमा व्यापक रुपमा स्काउट तालिमको आयोजना सङै बालबालिका लक्षित कार्यक्रमहरु सन्चालन गरिने बताउनु भयो । बैठकमा नेपाल स्काउटका रास्टृय परिषद सदस्य शिव बहादुर भण्डारि, पुर्व रास्टृय तालिम आयुक्त नारायण प्रसाद पराजुली, पुर्व अन्तरास्ट्रिय आयुक्त शारदा पराजुली लगायतको उपस्थिति रहेको थियो ।
स्काउट गण्डकी प्रदेश परिषद सदस्य अनिता राई, एलिसा बि.क, सुनिता लो,सरिता ढकाल, सकुन्तला सोती पौडेल, शर्मिला धमला, सोनु यराल,मना गुरुङ, लेकमाया पुन, अनिता पौडेल, अनुशा श्रेष्ठ, महेन्द्र उपाध्याय, ईश्वर सुवेदी, हरिराम अधिकारी, मात्रिका प्रसाद आचार्य, गंगाधर बराल, साजन सुवेदी, अर्जुन नेपाली, बिनय पराजुली, भिम प्रसाद सुवेदी, अरुण कुमार शर्मा काफ्‌ले  लगाएतले सपथ खाएका थिए ।
eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago