न्यायधिश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा कानुनविद्हरुको जोड

गण्डकी प्रदेश समाचार

पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष पौडेललाई डिएलएको सम्मान

पोखरा, पुस ५ गते


सक्षम, स्वतन्त्र र निस्पक्ष न्यायपालिकाको अवधारणालाई कार्यान्वयन गर्नका लागि न्यायधिश नियुक्तिमा पारर्दिशता हुनुपर्नेमा पोखरामा शुक्रबार भएको एक कार्यक्रममा कानुनविद्हरुले जोड दिएका छन् ।

न्यायधिश हुनका लागि न्यायिक मन र न्यायिक बिचार बोकेको व्यक्ति हुनुपर्नेमा जोड दिदैँ न्याय परिषद्लाई लोकतान्त्रिक विधि र पद्धति अनुरुप त्यस्ता न्यायधिश सिफारिस गर्न समेत सुझाव दिइएको छ ।

कार्यक्रममा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन गण्डकी प्रदेशको प्रदेशिक भेलामा बोल्नुहुदै सो संस्थाका केन्द्रिंय अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सिताराम केसीले न्यायलयप्रति जनआस्था घट्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले आगामी चैत महिनामा हुने नेपाल बारको महाधिवेशन र नेपाल कानुन व्यवसायिक परिषद्को निर्वाचनमा डि.एल.ए ले एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराइले नेपाली काँग्रेसकै नेतृत्वमा संविधान आएको र स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुरुप न्यायपालिकाको साखलाई अगाडि बढाउन अदालत मात्र नभई सो क्षेत्रमा काम गर्ने सरोकारवालाहरुको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता एवं गण्डकी प्रदेश पूर्व प्रदेश प्रमुख बाबुराम कुँवरले विधिले शासन गर्ने पद्धति नै लोकतान्त्रिक पद्धति भएकाले समस्याको समाधान पनि लोकतान्त्रिक पद्धतिबाट गर्नुपर्ने भनाई राख्नुभयो ।

उहाँले शान्ति र सुव्यवस्था बिकासका आधार भएकाले यसलाई खलबलाइयो भने बिकासका पूर्वाधारहरु समेत प्रभावित हुुने बताउनुभयो ।

त्यसैगरी वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेले सैद्धान्तिक अवधारणा स्पष्ट नभएमा पेशागत संगठनहरुले मुर्तरुप लिन नसक्ने र अराजकता बढ्दै जाने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता यदुनाथ खनालले न्यायपालिकाप्रति जनतालाई विश्वास दिलाउन कानुन व्यवसायीहरु मात्र नभई नागरिक समाजको पनि भुमिका त्यत्ति नै आवश्यक रहेको बताउनुभयो । उहाँले बारको निर्वाचनको बारेमा बोल्नुहुदै डिएलए एक्लै चुनावमा जानुपर्ने धारणा राख्नुभयो ।

वरिष्ठ अधिवत्ता योगेन्द्र अधिकारीले डि.एल.ए जस्ता संगठनहरुलाई राजनीतिक पार्टीहरुको दबाबमा राख्न नहुने बताउनुभयो ।

संस्थाका अध्यक्ष भुमिश्वर गौतमको अध्यक्षतामा सम्पन्न सो भेलामा वरिष्ठ अधिवत्ताहरु भरतप्रसाद खरेल, मुकुन्द अर्याल, जग्गन्नाथ ढकाल, विष्णु मर्सानी, रोहितराज बास्तोला, राजेश्वर अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदक्त बराल, अग्रज कानुन व्यवसायी रामचन्द्र त्रिपाठी, दयाराम गौतम, कपिलमणी दाहाल, गणेश अधिकारी, कृष्ण तिमिल्सिना, डिएलए कास्की अध्यक्ष कमलापति शर्मा, अधिवक्ताहरु चन्द्रकान्त वाग्ले, प्रवास पराजुली, केशव भट्टराई, कृष्ण गुरुङ, बाबुराम अर्याल लगायतका कानुन व्यवसायीले नेपाल बारको महाधिवेशनको बारेमा बोल्नुहुदै डिएलएले कसैसँग गठबन्धन नगरी निर्वाचनमा जान सुझाव राख्नुभएको थियो ।

सोही भेलामा नेपाल पत्रकार महासंघको हाल सम्पन्न निर्वाचन मा गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित हुनुभएका अधिवक्ता रमेश पौडेललाई डिएलएले सम्मान गरेको छ । सो सम्मान डिएलएका केन्द्रिय अध्यक्ष सिताराम केसीले गर्नुभएको थियो । अध्यक्ष पौडेल नेपाल उच्च बार अदालत पोखरा र डिएलएको सञ्चार संयोजक हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *