Categories: समाचार

प्रेममा खटपट अनि हत्या

चैत्र ९ २०८०, शुक्रबार


सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. १६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न आरोपमा पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ।

धनकुटा नगरपालिका-९ मूलघाटका १९ वर्षीय बाबुराम भुजेललाई प्रहरीले सार्वजनिक गरेको हो। धरानमै बस्ने उनकै प्रेमी धरानकै २१ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरिएको हो।

प्रेममा खटपट अनि हत्या…

प्रहरीका अनुसार, सुमना र धरान उपमहानगरपालिका -१६  बस्दै आएका १९ वर्षीय सविन भन्ने बाबुराम भुजेलबीच करिब २ वर्ष अघिदेखि फेसबुक मार्फत् प्रेम सम्बन्ध सुरु भएको थियो।

उनीहरू प्रेम सम्बन्धमा रहेकै बेलामा गत पुस देखि सुमनाले धरानस्थित ग्लोब्लोरिन्समा काम गर्न थालेपछि त्यहीँ काम गर्ने प्रदीप श्रेष्ठसँग उनको चिनजान भएको खुलेको छ। सुमना र प्रदीप एकआपसमा नजिक हुन थालेपछि फेसबुक आइडीसमेत एउटै चलाउने गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ।

आफूसँग प्रेममा रहेकी सुमना अर्कैसँग सम्बन्धमा रहेपछि बाबुराम रिसाएका थिए। प्रदीपसँगको सम्बन्ध थाहा पाएपछि बाबुराम टाढिएका थिए। त्यहीकारण बाबुराम र सुमनाको सम्बन्धमा चिसोपना आएका कारण यो घटना हुन पुगेको हो।

सुमनासँगको सम्बन्धमा चिसोपना आएपछि बाबुराम काम गर्ने सिलसिलामा धनकुटाको मूलघाटमा बस्दै आएका थिए। त्यसपछि सुमनासँगको प्रेम सम्बन्धमा झनै चिसोपना आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सुमनासँग सम्बन्धमा समस्या आइरहेका बेला बाबुराम यही मंगलबार धरान झरेका थिए। उनले धरान झरेर सुमनासँग भेट पनि गरे।

त्यसपछि उनले सुमनालाई आफ्नै स्कुटरमा सुमना श्रेष्ठलाई राखी चलाउन सिकाउन लगेको खुलेको छ। स्कुटर चलाउन सिकाउँदै लाने क्रममा बाबुरामले घोपा क्याम्प र डिपोट स्कुलको बीचमा लगेर सुमनाको हत्या गरे।

मंगलबार राति ९ बजेको समयमा उनीहरूबीच सुमनाको फेसबुक प्रयोगको विषयलाई लिएर विवाद भएको खुलेको छ। सुमनाले आफ्नो फेसबुक प्रदीपलाई चलाउन दिएको कुरामा रिसाएका बाबुरामले त्यो दिन उनको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ।

बावुरामले योजना अनुसार नै साथमा लिएर गएको खुकुरी निकाली सुमना श्रेष्ठको घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । रातको समयमा सुमनाको हत्या गरेपछि बावुराम खुकुरी त्यहीँ फ्याँकेर रातारात भागेर धनकुटा पुगेको अनुसन्धानबाट खुलेको छ ।

सुमनाको शव बुधबार दिउँसो २ बजे स्थानीयले घोपा क्याम्प र डिपोट स्कुलबीच खोल्सामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनाका दिन सुमना र ती युवक बाबुराम एउटै स्कुटरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छिरेको विवरण पत्ता लगाएको थियो। सीसीटीभी फुटेजमा उनीहरू एउटै स्कुटर चढेको देखिएको थियो।

बाबुरामले प्रेममा खटपट आएकै कारण सुमनाको ज्यान लिन पुगेको बयान दिएका छन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago