Categories: समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा चारजना पक्राउ

१९ चैत २०८०, सोमवार


गोरखा । आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिरानचोक गाउँपालिका-७ सिम्ले बस्ने ५५ वर्षीय बुद्धि कुमारी गुरुङ सोही ठाउँका ६० वर्षीय रुप काजी भन्ने सन्त बहादुर गुरुङ, ४५ वर्षीय मिनु गुरुङ र ४५ वर्षीय पुष्पा कुमारी गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रबक्ता प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले बताए ।

आत्महत्या दुरुत्साहन मुद्दामा चार जना पक्राउ

सिरान्चोक गाउँपालिका-७ बस्ने मन बहादुर खड्काले चैत १७ गते विहान सोही गाउँपालिका-७ अमिले डाँडा भन्ने स्थानमा खनायोको रुखको हाँगामा डोरीको पाँसो लगाई झुण्डि मृत अवस्थामा फेला परेको थियो ।

उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय गोरखामा आत्महत्या गर्न दुरूत्साहन गरेको मुद्दाको मृतकको छोरा मार्फत जाहेरी परेकोमा उक्त कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्न बुद्धि कुमारी गुरुङ, रुप काजी भन्ने सन्त बहादुर गुरुङ, मिनु गुरुङ र पुष्पा कुमारी गुरुङलाई चैत १८ गते पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत गोरखाबाट आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago