गोरखा । नेपाल औषधि व्यवसायी संघ गोरखा जिल्ला शाखाको अध्यक्षमा बिनोद अर्याल सर्वसम्मत चुनिएका छन् ।
शाखाको शनिबार भएको चौथो साधारण सभा तथा अधिबेशनले अर्यालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा सन्दिप गोर्खाली, थोक उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, खुद्रा उपाध्यक्षमा रमा अर्याल, महासचिवमा तेजब तिवारी, कोषाध्यक्षमा सचिन श्रेष्ठ, सचिवमा सुमन श्रेष्ठ र उपकोषाध्यक्षमा बिजय तामाङ छन् ।
सदस्यहरुमा लक्ष्मी मग्रान्ती, दीपक भट्ट, शिशिर भण्डारी र सुशीलप्रसाद भण्डारी सर्वसम्मत भए । नवनिर्वाचित अध्यक्षले जिल्लाका औषधि व्यवसायीको हकहित संरक्षण गर्दै आइपर्ने समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।
औषधी व्यवसायी संघ गोरखा शाखाको निवर्तमान अध्यक्ष संगमबाबु श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष प्रकाश कुमार खण्डेलवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गण्डकी प्रदेश अध्यक्ष कृष्ण पाण्डे, गोरखा नगरपालिका प्रमुख कृष्ण राना मगर, नेपाल पत्रकार महासंघ गोरखा शाखाका सचिब बिकास मरहट्टा लगायतले मन्तव्य राखेका थिए ।
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…