गोरखा जेसिजको अध्यक्षमा सुजित श्रेष्ठ सर्वसम्मत चयन

समाचार

गोरखा ।
गोरखा जेसिज गोरखाको अध्यक्षमा सुजित श्रेष्ठ चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा सम्पन्न ४५ औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनले उनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

अंग्रेजी वर्ष २०२६ का लागि गठित नयाँ कार्यसमितिमा कार्यकारी उपाध्यक्षमा श्याम आले मगर र युनिक अर्याल चयन भएका छन् । यस्तै, उपाध्यक्ष पदमा सन्तोष खत्री, सन्दीप बयलकोटी, सरोज मास्के र संजोग तिमिल्सिना चयन भएका छन् ।

सह–सचिव पदमा सन्दीप ढकाल चयन भएका छन् । अन्य पदाधिकारी तथा सदस्यहरूको नाम भने आगामी पौष २७ गते आयोजना हुने पदस्थापन कार्यक्रममा औपचारिक रुपमा घोषणा गरिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

नवनिर्वाचित कार्यसमितिले नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा युवाको क्षमता अभिवृद्धिमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *