२०८१ जेठ ९ गते
गोरखा । गोरखामा जेठ १३ गतेदेखि २६ गते सम्म बालबालिकालाई पोलियोविरुद्धको आईपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत करिब ८ हजार ५३९ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयका अनुसार खोप अभियान अन्तर्गत जिल्लाका ८ हजार ५३९ जना बालबालिकालाई आईपीभी खोप लगाइनेछ । २०७३ देखि २०७५ सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो ।
नेपालमा २०७३ जेठ देखि २०७५ भाद्रसम्म आईपीभी खोपको अभाव भएको थियो । स्वास्थ्य कार्यालयले खोप लगाउन गोरखामा ११ वटै पालिका भित्र २५९ वटा खोप केन्द्र निर्धारण गरिएको जनाएको छ । खोप व्यवस्थापन तथा अनुगमनका लागि १२३ जनालाई खटाइने भएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख यम प्रसाद शर्माले जिल्लाका ४११ वटा सामुदायिक विद्यालय र ३४ वटा निजि विद्यालयका विद्यार्थीलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिने बताए । खोप अभियानका लागि जिल्लास्तरको अभिमुखीकरण सकिएको र पालिकास्तरमा स्वास्थ्यकर्मीलाई खोप सम्बन्धि तालिम समेत दिइएको उनले बताए । जस्का लागि २५९ जना स्वास्थ्यकर्मी, ५९८ स्वयंसेवक, ५९८ जना शिक्षक खटाइने उनले बताए ।
नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र ९ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ ।
सबैभन्दा बढी ५ वर्षसम्मका बालबालिका पोलियो भाइरसबाट संक्रमित हुन सक्ने भएकाले अनिवार्य रुपमा पोलियोविरुद्धको खोप लगाउनुपर्छ ।
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…