Categories: समाचार

भूमेस्थानमा पूजा आरधना गरी किराँत राई समुदायले आज उभौली पर्व मनाउदै

२०८१ जेठ १० गते । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा प्रकृतिको पूजा आराधना गर्ने प्रचलन छ । गर्मी बढेसँगै यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ ।

नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर जान्छन् भन्ने मान्यता छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेकाहरु आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ ।

उभौली किराँतहरू सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान चाड हाे । उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि पुजा गरिन्छ,यस चाडमा सुनुवार र राईहरू साकेला/सखेवा शिली नाच्छन भने लिम्बु र याख्खाहरू च्याब्रुङ नाच नाच्दै प्रकृतिलाई पुजा गर्दछन । किराँतीहरूको यो पर्व पृथ्वीमा कृषियुग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।

किरातीहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष वाली लगाउने समय बुद्धजयन्ती अर्थात बैशाख पुर्णिामा उभौली र अन्न वाली पाकिसकेपछि खुसीयाली मनाउदै उधौली (मंसिरे पूर्णिमा) विशेषरूपले खुसीयाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गरेका छन् ।

उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ । अन्नबाली लगाउने समयमा मनाइने चाड उभौली बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखाबाट “धर्म नीति आधारित महाअभियान” सुरु हुँदै, शक्तिपीठ र गुरुकुल निर्माणमा जोड

गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा पुनः राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा…

56 years ago

गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सम्पन्न, शुक्लागण्डकी (टिम बी) विजेता

गोरखा । गोरखा जेसीजद्वारा आयोजित दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।…

56 years ago

स्थानीय परिकार र संस्कृतिको प्रवर्द्धन गर्न गोरखामा महोत्सव

गोरखा । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै गोरखा सदरमुकाममा ‘तेस्रो रैथाने खाना तथा सडक…

56 years ago

गोरखामा वैशाख ३ देखि अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता सुरु

गोरखा । गोरखामा आगामी वैशाख ३ गतेदेखि दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ।…

56 years ago

गण्डकीमा एसईई २०८२ : ४३ हजार बढी विद्यार्थी सहभागी, कास्की अग्रस्थानमा

चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा…

56 years ago

गोरखामा ‘दोस्रो जेसीज फुटसल प्रतियोगिता २०२६’ आयोजना हुने

गोरखा । गोरखा जेसीज गोरखाले युवाहरूको नेतृत्व विकास, खेलकुद प्रवर्द्धन र सामाजिक सशक्तीकरणलाई लक्षित गर्दै…

56 years ago