आर्थिक

गोरखा नगरपालिकाको १० औँ नगरसभाको नयाँ नीति र कार्यक्रम

विराज त्रिपाठी

गोरखा नगरपालिकाको १० औँ नगरसभा शुक्रवार सम्पन्न भएको छ । सभाले केही नयाँ नीति र कार्यक्रम पारित गरेको छ भने अधिकासं निरन्तरता दिएको छ ।

गोरखा बजारको ठुलो आँगन क्षेत्रमा सम्पदा बस्ती निर्माणका लागि पहल गर्ने, खोलखोले–उत्तिसघारीमा ताल बनाउन संभाब्यता अध्ययन गर्ने, रानीबन कुहिरेभिर क्षेत्रमा प्राकृतिक ‘मिनी जु’ निर्माणका लागि पहल गर्ने ।

गोरखाको पहिचानका लागि भिमसेन थापा र बिसे नगर्जी अभियान कार्यक्रमलाई निरन्तरता दिने, जनता सँग नगरप्रमुख कार्यक्रम संचालन गर्ने, बिपन्न परिवारलाई काजक्रिया खर्च उपलब्ध गराउने कार्यक्रम नगरप्रमुख कृष्णबहादुर राना मगरले १० औँ नगर सभामा प्रस्तुत गरेका छन् ।

निजी क्षेत्र सँगको सहकार्यमा दुग्ध डेरी स्थापना गर्ने, दरौँदी नदी आसपासको क्षेत्रमा मत्स्य पकेट ब्लक तथा जोन कार्यक्रम संचालन गर्ने, ठुला लगानीमा आधुनिक रुपमा संचालित कृषि फर्महरु संरचना निर्माणमा प्राविधिक सहयोग र पूर्वाधार निर्माणमा सहुलियतको ब्यवस्था गर्ने नीति गोरखा नगरपालिकाले लिएको छ ।

गोरखा नगरपालिका भित्र अब बन्ने घरको नगरपालिकाले निशुल्क नक्सा बनाईदिने नीति लिएको छ । यस्तै सुत्केरी गाई भैसीका लागि सुत्केरी प्रोत्साहन भत्ताको पनि ब्यवस्था गर्ने मेयर कृष्ण बहादुर राना मगरले ११ औँ नगर सभामा जानकारी गराए ।

उद्यमी महिलाका लागि जिविकोपार्जन सुधार कार्यक्रम अन्तरगत अनुदानको ब्यवस्था, घरेलु हिंसा न्यूनिकरण गर्न सबै वडामा अभिमुखिकरण कार्यक्रम, नगरपालिकामा सुविधा सम्पन्न सेफ हाउस निर्माण, पुराना कला र सिपको संरक्षण, जेष्ठ नागरिक दिवा सेवा केन्द्रको संस्थागत बिकास, एक वडा एक गौरवको आयोजना निर्माण गर्ने, नयाँ ट्रयाक खोल्ने सडक भन्दा पुराना सडकको स्तरोन्नती गर्ने नीति लिईने, गोरखा गेटमा पृथ्वीनारायण शाहा तथा प्रथम सहिद लखन थापा मगरको प्रतिमा स्थापना, नगरस्तरीय खानेपानी जलश्रोत तथा भौतिक पूर्वाधार बिकास बोर्ड गठन, गोरखा बजारमा ब्यवस्थित फुटपाथ निर्माण जस्ता कार्यक्रम पनि समेटिएका छन् ।

वडा नम्बर ८ मा रहेको डम्पिङ साईटलाई सरसफाई केन्द्रको रुपमा बिकास गर्ने, खानेपानीको मुल, ढुङ्गेधारा, ऐतिहासिक पुराना पँधेरा, कुवाको संरक्षण गर्ने, विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान एवं विद्यालय मर्ज गर्ने, विद्यालय क्षेत्र वरपर जंक फुड बिक्री बितरणलाई निरुत्साहित गर्ने, प्रसुती सट्टा सिक्षक कार्यक्रमलाई निरन्तरता दिने नीति नगरपालिले  लिने ।

गर्भवतीहरुलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउनका लागि अन्तिम पटकको जाँचपछि टेलिफोन मार्फत स्वास्थ्य अवस्थाको जानकारी लिने ब्यवस्था गर्ने, अतिविपन्न सुत्केरी महिला तथा नवजात शिशुको लागि तीन महिना सम्म मासिक पाँच हजारका दरले ‘शिशु पोषण तथा सुत्केरी स्याहार खर्च’ उपलब्ध गराउने स्वास्थ्य नीतिमा उल्लेख छ ।

दरौँदी नदीमा जल तथा मौषम बिभागको सहकार्यमा मौषम पूर्वानुमान प्रणाली जडान गरिने, प्रकोपका कारणले ज्यान गुमाएकाको परिवारलाई २५ हजार र घर क्षती भएका परिवारलाई १५ हजार उपलब्ध गराउँदै आएको कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

एक वडा एक खेलमैदान निर्माण गर्ने, वडा नम्बर १० छेवेटारलाई अन्तराष्ट्रिय स्तरको बनाउन संघ, प्रदेश सरकार सँग समन्वय गर्ने, युवाद्वारा संचालित ब्यक्तिगत तथा सामुयिक फार्मलाई अनुदान दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

ब्यापारी तथा अन्य सार्वजनीक स्थानमा थप सिसि क्यामेरा जडा गर्ने, महत्वपूर्ण सार्वजनीक स्थानमा फ्रि वाईफाई जोन स्थापनालाई निरन्तरता दिने, ‘डिजिटल गभरमेन्ट’ को स्थापनामा जोड दिने, बेरुजु न्यूनिकरण गर्दै लैजाने नीति नगरपालिकाले लिएको छ ।

निजी तथा सामुदायिक रेडियोलाई दिइएको विद्युत महशुल शुल्कमा ७५ प्रतिशत अनुदान, पत्रकार महासंघ गोरखाको निर्माणाधिन भबनका लागि प्राविधिक तथा आर्थिक सहयोगलाई निरन्तरता दिने सञ्चार नीतिमा उल्लेख छ । पत्रिका, रेडियोलाई दिइएको सुविधामा अनलाईन पत्रिकालाई पनि समावेश गरिने भएको छ भने मेलमिलाप पद्धतीलाई न्याय सम्पादनमा जोड दिइने, काठेपोल मुक्त नगर घोषणा गर्ने, सौर्य उर्जा प्लान्ट निर्माणका लागि संभाब्यता अध्ययन गरिने भएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

दरौदी नदीमा बेपत्ता भएका शम्शेर नेपाली मृत फेला

गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…

57 years ago

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago