१० असार २०८१, सोमवार
गोरखा । विपद ब्यबस्थापन र विभिन्न महमारीको समयमा अतुलनीय योगदान पुर्याएकोमा गोरखाका संगम बाबु श्रेष्ठ सम्मानित भएका छन।
नेपाल औषधि व्यावसायि संघ गण्डकी प्रदेशले लामो समय देखि जिल्ला शाखा गोरखाको नेतृत्वमा रहि गोरखा बारपाक केन्द्रबिन्दु भइ गएको महाभुकम्प तथा कोभिड महामारीको समयमा पनि अनवरत रुपमा स्वास्थ्य सेवामार्फत सर्वसाधारणमा स्वास्थ्य सेवाको पहुँच पुर्याई विपद् ब्यबस्थापन तथा महामारी न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्याएकोमा स्वास्थ्यकर्मी संगम बाबु श्रेष्ठको भूमिकाको उच्च कदर गर्दै सम्मान पत्र प्रदान गरेको हो।
असार १० गते पोखरामा आयोजित नेपाल औषधि व्यावसायि संघ गण्डकी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पान्डेले गोरखाका स्वास्थ्यकर्मी श्रेष्ठलाई सो सम्मान पत्र प्रदान गरेका हुन्।
नेपाल औषधि व्यावसायि संघ गोरखा शाखाका निबर्तमान अध्यक्ष श्रेष्ठले हाल जिल्लाका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका आर्थिक अवस्था कम्जोर भएका तथा स्वास्थ्य सेवा बाट पहुँच नपुगेका क्षेत्रमा पनि निशुल्क सिबिर संचालन गर्दै आएका छ्न ।
उनले गोरखा सदरमुकाम स्थित बसपार्कमा क्लिनिक संचालन गर्दै आएका छ्न ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…