Categories: समाचार

विपद ब्यबस्थापन र विभिन्न महामारीमा उत्कृष्ट योगदान पुर्‍याएकोमा गोरखाका श्रेष्ठ सम्मानित

१० असार २०८१, सोमवार


गोरखा । विपद ब्यबस्थापन र विभिन्न महमारीको समयमा अतुलनीय योगदान पुर्‍याएकोमा गोरखाका संगम बाबु श्रेष्ठ सम्मानित भएका छन।

नेपाल औषधि व्यावसायि संघ गण्डकी प्रदेशले लामो समय देखि जिल्ला शाखा गोरखाको नेतृत्वमा रहि गोरखा बारपाक केन्द्रबिन्दु भइ गएको महाभुकम्प तथा कोभिड महामारीको समयमा पनि अनवरत रुपमा स्वास्थ्य सेवामार्फत सर्वसाधारणमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याई विपद् ब्यबस्थापन तथा महामारी न्यूनीकरणको लागि अतुलनीय योगदान पुर्‍याएकोमा स्वास्थ्यकर्मी संगम बाबु श्रेष्ठको भूमिकाको उच्च कदर गर्दै सम्मान पत्र प्रदान गरेको हो।

असार १० गते पोखरामा आयोजित नेपाल औषधि व्यावसायि संघ गण्डकी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पान्डेले गोरखाका स्वास्थ्यकर्मी श्रेष्ठलाई सो सम्मान पत्र प्रदान गरेका हुन्।

नेपाल औषधि व्यावसायि संघ गोरखा शाखाका निबर्तमान अध्यक्ष श्रेष्ठले हाल जिल्लाका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका आर्थिक अवस्था कम्जोर भएका तथा स्वास्थ्य सेवा बाट पहुँच नपुगेका क्षेत्रमा पनि निशुल्क सिबिर संचालन गर्दै आएका छ्न ।

उनले गोरखा सदरमुकाम स्थित बसपार्कमा क्लिनिक संचालन गर्दै आएका छ्न ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा कारागारबाट भागेका ६ कैदी नियन्त्रणमा, ५ कर्तब्यज्यान र १ चोरी मुद्दाका

गोरखा प्रहरीले जेन–जी आन्दोलनको अवसर पारेर कारागार फोडी भागेका ६ जना कैदीलाई नियन्त्रणमा लिएको छ…

56 years ago

मानव बेचबिखनविरुद्ध शून्य सहनशीलता : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन…

56 years ago

‘नेपो किड’ ट्रेन्ड : राजनीतिक परिवारका सन्तानमाथि युवाको आक्रोश

गोरखा । पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’ (NepobabyNepal) ट्रेन्ड तीव्र बनेको छ ।…

56 years ago

गोरखा जेसिजलाई नेपाल जेसिजद्वारा उत्कृष्ट शाखा सम्मान

गोरखा । नेपाल जेसिजले गोरखा जेसिजलाई उत्कृष्ट शाखा घोषित गर्दै सम्मान गरेको छ । भदौ…

56 years ago

गोरखामा बस–मोटरसाइकल ठक्कर, एक जना गम्भीर घाइते

गोरखा । गोरखाको स्याउली बजारमा आज दिउँसो बस र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते…

56 years ago

गण्डकी प्रदेशमा ‘दलित अधिकार तथा सशक्तिकरण ऐन २०८२’ सर्वसम्मत पारित

पोखरा । गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक…

56 years ago