बिराज त्रिपाठी
२०८१ असार १४, शुक्रबार, गोरखा । गोरखाबाट एक मात्रै विद्यार्थीले जीपीए ४ प्राप्त गरेकी छन् । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार गोरखाको १४ किलोस्थित सेन्टमेरिज बोर्डिङ स्कुलबाट गोरखा नगरपालिका वडा नं ११, ओख्लेगाउँकी छात्रा आशिका थापाले जीपीए ४ ल्याएकी हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार जीपीए ४ नतिजा ल्याउने थापा जिल्लाकै एक्ली विद्यार्थी हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार गोरखा जिल्लामा जम्मा ३ हजार ६ सय २८ जनाले परीक्षा दिएकामा १ हजार १ सय ६३ जना उतीर्ण भएका र २ हजार ४ सय ६५ जना परीक्षार्थीहरुको नतिजा अवर्गीकृत(एनजी) भएको जनाएको छ । कार्यालयका अनुसार यो सङ्ख्याभित्र दुईदेखि सबै विषयमा एनजी ल्याएका विद्यार्थीहरु परेका छन् ।
यस्तै, ‘ए’ ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या ५८ रहेको छ । यस्तै २ सय ४८ जनाले ‘बी प्लस’ र ५ सय ४७ जनाले ‘बी’ ग्रेड ल्याएको कार्यालयले जनाएको छ ।
गोरखा । डिभिजन वन कार्यालय, गोरखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सिमसार संरक्षण तथा व्यवस्थापन योजनाअनुसार अजिरकोट…
पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…
गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…
गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…
गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…
गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…