गोरखाबाट ४ जीपीए ल्याउने एक्ली विद्यार्थी

समाचार

बिराज त्रिपाठी


२०८१ असार १४, शुक्रबार, गोरखा । गोरखाबाट एक मात्रै विद्यार्थीले जीपीए ४ प्राप्त गरेकी छन् ।  बिहीबार सार्वजनिक भएको नतिजाअनुसार गोरखाको १४ किलोस्थित  सेन्टमेरिज बोर्डिङ स्कुलबाट गोरखा नगरपालिका वडा नं ११, ओख्लेगाउँकी छात्रा आशिका थापाले जीपीए ४ ल्याएकी हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार जीपीए ४ नतिजा ल्याउने थापा जिल्लाकै एक्ली विद्यार्थी हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार गोरखा जिल्लामा जम्मा ३ हजार ६ सय २८ जनाले परीक्षा दिएकामा १ हजार १ सय ६३ जना उतीर्ण भएका र २ हजार ४ सय ६५ जना परीक्षार्थीहरुको नतिजा अवर्गीकृत(एनजी) भएको  जनाएको छ । कार्यालयका अनुसार यो सङ्ख्याभित्र दुईदेखि सबै विषयमा एनजी ल्याएका विद्यार्थीहरु परेका छन् ।

यस्तै, ‘ए’ ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या ५८ रहेको छ । यस्तै २ सय ४८ जनाले ‘बी प्लस’ र ५ सय ४७ जनाले ‘बी’ ग्रेड ल्याएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *