राजनीति

‘कसैलाई माया गर्नु हैन, कुर्सीलाई माया गर्नु एउटा भूल गरें मैले…’ : बाबुराम भट्टराई

२० असार २०८१, बिहिवार


नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुरामम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्ष्य गरी ‘कुर्सीलाई माया गर्नु एउटा भूल’ भएको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्रीसम्बन्धी एक समाचारमा टिप्पणी गर्दै उनले प्रचण्डले कुर्सीलाई माया गर्दा अहिलेको अवस्था आएको बताएका हुन् । ‘कसैलाई माया गर्नु हैन, कुर्सीलाई माया गर्नु एउटा भूल गरें मैले…’ भन्नु बढी तथ्यपरक होला’, उनले कटाक्ष गर्दै लेखेका छन् ।

सत्ता साझेदार एमालेले कांग्रेससँग नयाँ गठबन्धन बनाउने निर्णय गरेसँगै बुधबार राजीनामा बुझाउन पुगेका आठ मन्त्रीसँग गुनासो गर्दै प्रधानमन्त्री दाहालले फत्तेमानले गाएको कसैलाई माया गर्नु एउटा भूल गरेँ मैले पंक्ति बोलेका थिए । यसैलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रशारण–प्रकाशन गरेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

यस्तै, भट्टराईले अनलाइन खबरमा लेख लेख्दै प्रचण्डमा वैचारिक राजनीतिक गहिराई र प्रतिबद्धता भन्दा पनि बढी हाटहुट गर्ने र आफू नै सत्ताको केन्द्रमा रहने प्रवृत्ति भएको र दोहोरो भूमिका निर्वाह गर्ने चरित्र सुरुवात देखिनै भएको बताएका छ्न ।

साथै लेखमा भट्टराईले भनेका छन् ,’सुरुमा चुनाव नेपाली कांग्रेस, नेपाल समाजवादी पार्टी लगायतसँग मिलेर लडे तर निर्वाचन लगत्तै एमालेसँग सरकार बनाउने काम गरे । पुनः एमाले छाडेर कांग्रेसतिर गए । फेरि एमालेतिर गए । यी गतिविधिमा पनि उनको अरुलाई उपयोग गर्ने र धोका दिने चरित्र मात्रै देखियो । यसरी हेर्दा प्रचण्डको यो स्खलन सबै विचलन र पतनको पराकाष्टा हो ।’

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago