गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई संख्याको बलमा सरकारबाट हटाइएको बताएका छन् ।
सोमबार गोरखा नगरपालिका–८, आहाले स्थित श्री सरस्वती माध्यमिक विद्यालयको ५३ औं विद्यालय स्थापना तथा अभिभावक दिवस एवं स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्दै दाहालले आफु १८ महिना नेतृत्वमा छँदा नेपालको इतिहासमा सुशासनको पक्षमा र व्यतिथि भ्रष्टाचारका विरुद्ध नेपालमा यति ठुलो अभियान पहिलो चोटी चलेको बताए ।
‘सुशासनको अभियानको क्रममा राजनीतिक पार्टी, कर्मचारी तन्त्रका बडा÷बडा हाकिमहरू, भूमाफिया, दलाल, बिचौलिया कोही बच्ने भएन एक पछि अर्को कारबाहीमा पर्दै गए,’उनले भने,‘नेपाली जनताको बृहत्त हितका निम्ति मैले जबरजस्त अन्तराष्ट्रिय मञ्चहरुमा आवाज घन्काए त्यस्ले नेपाल र नेपाली जनताको छवी नयाँ उचाइमा उठेको महसुस गरेको थिए ।’
गोरखालीहरुको जस्तो इतिहास र विरासत गौरवपूर्ण छ विगत मात्र हैन बर्तमानमा पनि गोरखा जिल्ला देशभरी एउटा अग्रडी, अग्रगामी, सोच र चेतना भएको, संस्कार भएको जिल्लाको रुपमा चिनिने उनले बताए ।
‘सिङ्गै राष्ट्र र अन्तराष्ट्र स्तरमा नै गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गर्न सक्ने जति राम्रा काम गर्ने जमर्को गरेकै हो ।,’ उनले भने,‘यही राम्रो काम गर्नु बिचौलिया, दलाल र बुर्जुवा सोच भएका अराजकतावादीलाई सह्य भएन, तथा कथित संख्याको बलमा मैले राम्रो काम गर्दागर्दै बाहिरन बाध्य पार्ने काम भयो।’ गोरखाको जनप्रतिधिको रुपमा जति धेरै आउनुपर्ने हो त्यति आउन पाइन र १८ महिनाको अवधिमा गरेको कामहरु गोरखाको जनप्रतिनिधिको अभिमतका बलमा गरेको उनले बताए ।
