Categories: समाचार

रिसले कुटपिट गर्दा श्रीमतीको मृत्यु, सजायबाट बच्न आत्महत्याको नाटक !

बिराज त्रिपाठी


२०८१ असार ३१, गोरखा । श्रीमतीको हत्या गरेको आरोपमा बारपाक सुलिकोट गाउँपालिका–७, बालुवाका ३१ वर्षका कुमार सार्की पक्राउ परेका छन् ।

कुमार सार्की

सार्कीले २६ वर्षकी श्रीमती सुनिता नेपालीको हत्या गरेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए । ‘श्रीमतीको कुटपिट गरि हत्या गरेको र कसुरबाट बच्न आत्महत्या जस्तो वरदात बनाएको खुल्न आएको छ,’ उनले भने, ‘घटनाका बारेमा थप अनुसन्धान गरिरहेका छौँ।’

२०८१ असार २६ गते राती सुनिता नेपालीले घर भित्रको बलोमा सलले पासो लगाई आत्महत्या गरेको खबर प्रहरीलाई आएको थियो । झुण्डिरहेको अवस्थामा श्रीमान कुमार सार्कीले देखेर पासो काटी हेर्दा श्रीमती सुनिताको मृत्यु भइ सकेको भनी श्रीमान कुमारले गाउँ छिमेकमा खबर गरेको प्रहरीले जनाएको छ । तर, प्रहरी अनुसन्धानका क्रममा श्रीमानले कुटपिट गरि हत्या गरेको र पोस्टमार्टममा समेत हत्या गरि सजाय बाट बच्न आत्महत्या गरेको भनी नाटक रचेको भनी खुलेको डीएसपी श्रेष्ठले बताए ।

२०८१ असार २९ गते कुमारलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा सुनिताले आत्महत्या गरेको नभई हत्या भएको तथ्य खुलेको हो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago