२०८१ साउन १४
गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पस गोरखाको शैक्षिक क्यालेण्डर अनुसार विद्यार्थीहरुलाई लक्षीत गरी अतिरिक्त क्रियाकलाप समिति र स्वतन्त्र विधार्थी यूनियनको आयोजनामा मेहेन्दी प्रतियोगिता सम्पन्न भएको छ ।
साउन महिना महिला दिदिबहिनीहरुको लागी विषेश हुन्छ । हरियो चुरा सँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ। हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास गर्ने गरिन्छ । त्यसैले पनि क्याम्पस भित्र मेहेन्दी प्रतियोगिता आयोजना गरेको कार्यक्रमका अध्यक्ष तथा क्याम्पस प्रमुख एकदेव अधिकारीले बताए ।
प्रतियोगितामा सहभागी १९ समुहलाई पछि पार्दै रेश्मा गुरुङ र प्रिती गुरुङ प्रथम भएकी हुन् । उनीहरु वि.वि.एस प्रथमवर्षमा अध्ययनरत विद्यार्थीहरू हुन ।
यस्तै, दृतिय स्थान बि.एड प्रथम वर्षका इन्द्रा गुरुङ र खुसी गुरुङ, तृतीय स्थान बि.वि. एस, तृतीय वर्षका शुस्मा गुरुङ र प्रनिशा कार्की र सान्त्वना स्थान वि.एड तृतीय वर्षका दिपा तिवारी र लुना माया रानाले प्राप्त गरेको क्याम्पसले जनाएको छ।
मेहेन्दी प्रतियोगिताको निर्णायकको भुमिका सपना श्रेष्ठ र सिजना श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रम उप.प्रा केशव राज रेग्मीले संचालन गरेका थिए। कार्यक्रममा अतिरिक्त क्रियाक्लाप समिति, प्राध्यापक, कर्मचारी, स्व.वि.यू. प्रतिनिधि, बिद्यार्थीहरु लागायतको सहभागिता रहेको थियो ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…