द्रव्यशाह बहुमुखी क्याम्पसमा मेहेन्दी प्रतियोगिता, रेश्मा गुरुङ र प्रिती गुरुङ प्रथम

समाचार

२०८१ साउन १४


गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पस गोरखाको शैक्षिक क्यालेण्डर अनुसार विद्यार्थीहरुलाई लक्षीत गरी अतिरिक्त क्रियाकलाप समिति र स्वतन्त्र विधार्थी यूनियनको आयोजनामा मेहेन्दी प्रतियोगिता सम्पन्न भएको छ ।

साउन महिना महिला दिदिबहिनीहरुको लागी विषेश हुन्छ । हरियो चुरा सँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ। हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास गर्ने गरिन्छ । त्यसैले पनि क्याम्पस भित्र मेहेन्दी प्रतियोगिता आयोजना गरेको कार्यक्रमका अध्यक्ष तथा क्याम्पस प्रमुख एकदेव अधिकारीले बताए ।

प्रतियोगितामा सहभागी १९ समुहलाई पछि पार्दै रेश्मा गुरुङ र प्रिती गुरुङ प्रथम भएकी हुन् । उनीहरु वि.वि.एस प्रथमवर्षमा अध्ययनरत विद्यार्थीहरू हुन ।

यस्तै, दृतिय स्थान बि.एड प्रथम वर्षका इन्द्रा गुरुङ र खुसी गुरुङ, तृतीय स्थान बि.वि. एस, तृतीय वर्षका शुस्मा गुरुङ र प्रनिशा कार्की र सान्त्वना स्थान वि.एड तृतीय वर्षका दिपा तिवारी र लुना माया रानाले प्राप्त गरेको क्याम्पसले जनाएको छ।

मेहेन्दी प्रतियोगिताको निर्णायकको भुमिका सपना श्रेष्ठ र सिजना श्रेष्ठले गरेका थिए । उक्त कार्यक्रम उप.प्रा केशव राज रेग्मीले संचालन गरेका थिए। कार्यक्रममा अतिरिक्त क्रियाक्लाप समिति, प्राध्यापक, कर्मचारी, स्व.वि.यू. प्रतिनिधि, बिद्यार्थीहरु लागायतको सहभागिता रहेको थियो ।                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *