Categories: समाचार

गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुंगे पुलको उद्घाटन

२ असोज २०८१, बुधवार


पोखरा, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले पोखरा महानगरपालिका २५ मा बनेको चौर अम्बोट झोलुंगे पुलको उद्घाटन गरेका छन् ।

करिब ७५ लाखमा निर्माण भएको उक्त पुलको बुधबार मन्त्री केसीले उद्घाटन गरेका हुन् । उक्त पुल निर्माणका लागि आस्था निर्माण सेवाले गत चैतमा ७४ लाख ९४ हजार ५ सय रुपैयाँ सम्झौता गरेको थियो । पुल सम्झौताको ३ महिना अघि गत असार १९ गते निर्माण सम्पन्न भएको थियो । पुलको लम्बाइ १९८ मिटर र चौडाइ एक मिटर रहेको छ।

पुलको उद्घाटन गर्दै मन्त्री केसीले पर्यटकीय र कृषिलाई आधारित मानेको चौर अम्बोट झोलुङ्गे पुल उद्घाटन गर्न पाउँदा निकै हर्षित भएको बताए । उनले सम्झौताअघि नै निर्माण सम्पन्न गर्ने निकाय लगाएत सबैलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्ता विकास निर्माणका कार्यले निरन्तरता पाउने प्रतिवद्दता व्यक्त गरे ।

योजनाहरुको काम तीव्र गतिमा अगाडि बढाउन मन्त्रालय मातहतका कार्यालयलाई निर्देशन दिएको मन्त्री केसीले सुनाए । भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशका मातहतमा रहेका सम्पूर्ण कार्यालयलाई सम्पूर्ण योजनाको काम तीव्र गतिमा गुणस्तर कायम गर्दै सुचारु गर्न निर्देशन दिएको छु,’ उनले भने, आफ्नो क्षेत्रमा परेका योजनाहरू समयमा नै तोकिएको गुणस्तरमा सम्पन्न गर्नको लागि खबरदारी गर्नुहोला ।’

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुब, पूर्वाधार विकास कार्यालय कास्कीका सिडिई सोभियत खड्का, कार्यवाहक वडाध्यक्ष धनाकुमारी तिमल्सिना पोखरेल तथा वडासदस्य, क्लब, आमासमूह लगाएत सहभागी थिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago

८ महिनामै बनेको लुदी खोला मोटरेबल पुल उद्घाटन, मनकामना यात्रामा सहजता

गोरखा। गोरखाको स्याउली बजार–भट्टफाँट–मनकामना सडक अन्तर्गत निर्माण सम्पन्न भएको लुदी खोला मोटरेबल पुल उद्घाटन गरिएको…

57 years ago

गोरखामा वृद्ध महिलाको गरगहना लुट्ने आरोपमा बुहारी पक्राउ

गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–४ ताक्लुङ, बाँझोगरामा ८५ वर्षीया दिलमाया रानाको गरगहना लुटिएको घटनामा प्रहरीले…

57 years ago

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती वैधानिक बनाउने विधेयक गण्डकी प्रदेशसभाबाट पारित

पोखरा । गण्डकी प्रदेशसभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने…

57 years ago