असोज ५, २०८१ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका साइत निर्धारण गरेको छ । समितिल शनिबार दशैँका उपलक्ष्यमा गरिने कृत्यहरूका लागि शुभसाइत निर्धारण गरेको हो ।
समितिले असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेटमा नवरात्रारम्भ सुरु हुने र घटस्थापना गरी जमरा राख्ने साइत जुराएको छ । असोज २४ गते बिहीबार बिहान ७ बजेर ११ मिनेट जाँदा फूलपाती र तुलजाभवानी यात्रा आरम्भ हुने जनाएको छ ।
यो वर्षको दशैँमा महाष्टमी र महानवमी असोज २५ गते शुक्रबार अर्थात् एकैदिन परेको छ । टीकाको साइत असोज २६ गते शनिबार ११ बजेर २६ मिनेटमा पर्ने समितिले जानकारी गराएको छ ।
सामान्यतयाः देवीको प्रसाद लगाउन भने साइत आवश्यक नपर्ने समितिले जनाएको छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…