Categories: समाचार

पातञ्जल योग प्रशिक्षक पुर्नताजगी तालिम सम्पन्न

पोखरा । पातञ्जल योग समिति नेपाल, गण्डकी प्रदेश प्रशिक्षण विभाग उपसमितिको आयोजनामा १५ दिने योग प्रशिक्षक पुर्नताजगी कार्यक्रम समापन भएको छ ।

प्रमुख अतिथि गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य माननीय दिपक भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै आफु भित्र अनन्त प्रशन्नता, सुख, शान्ति र ज्ञानको अनुभव गर्नु नै योग हो र आफ्नै स्वासमा अन्तरमुखि हुनु, जिवनलाई बुझ्नु, शुद्ध धर्मलाई बुझि, मन र चित्तलाई निर्मल बनाउनु नै साधना भएको वताए । साथै उनले यो सन्सारमा हामीले भोगिरहेको सुख, दुख, राग द्धेस, सबै अनित्य छन, नासवान छन्, क्षणिक छन् । शुद्ध धर्म बुझ्ने साधकलाई यसले कुनै प्रभाव पार्न नसक्ने वताए ।

सो अवसरमा पातञ्जल योग समिति नेपालका केन्द्रिय उपाध्यक्ष कमला गुरुङ, केन्द्रिय सदस्य रश्मि भण्डारी, प्रदेश कोषाध्यक्ष सपना गुरुङ, कास्की जिल्ला सचिव मुक्ति पनेरु, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, प्रशिक्षार्र्थीको तर्फबाट सुनिता भण्डारी र सरिता पहारीले वोलेका थिए ।

सो अवसरमा पातञ्जल योग समितिका केन्द्रिय सदस्य दिपक भण्डारी गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्यमा मनोनित हुनु भएकोमा सम्मानपत्र, दोसल्लाले सम्मान गरिएको थियो ।

त्यसै गरी १५ दिनसम्म प्रशिक्षण दिनु भएकी योग प्रशिक्षक कमला गुरुङलाई पनि सम्मान पत्र, दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रममा ७ वटा साधना केन्द्रका २४ जनाको सहभागिता रहेको थियो । गत कार्तिक १५ गते देखि मंसीर २ गतेसम्म संचालन भएको उक्त तालिममा सहभागीहरुलाई प्रमुख अतिथिले प्रमाणपत्र बितरण गरिएको थियो ।

पातञ्जल योग समिति नेपाल गण्डकी प्रदेश कार्यबहाक अध्यक्ष तथा तालिम संयोजक बिश्वकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष संगिता पराजुलीले स्वागत र प्रदेश सदस्य नवराज पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

दरौदी नदीमा बेपत्ता भएका शम्शेर नेपाली मृत फेला

गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…

57 years ago

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago