समाचार

पोखरामा व्यवसायीक खेलकुदको अर्को रौनक, पौष १० गते देखि थाई–बक्सिङ हुँदै

पोखरा । व्यवसायीक खेलकुदमा विश्वमानै आकर्षक खेल मध्येको ‘कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ यहि पौष १० गते देखि पोखरामा सुरू हुने भएको छ ।

शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा उक्त प्रतियोगिता यहि पौष १० गते देखि १२ गते सम्म हुने भएको हो । खेलकुद मार्फत व्यवसायिक खेलकुदको विकास संगै खेल पर्यटन प्रवद्र्धनका लागि आयोजित प्रतियोगिता पोखराको मुख्य आकर्षणको केन्द्र लेकसाइडस्थित बाराही घाट खेल मैदानमा हुनेछ । प्रतियोगितामा विभिन्न ५ प्रदेशका ८४ जना फाइटरहरुको सहभागिता हुने भएको आयोजक तयारी समितिका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले जनाएका छन् ।

प्रतियोगितामा कोशी, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका महिला र पुरुष गरी कुल ८४ जना खेलाडीहरु पोखरा आउने तयारीमा जुटिसकेको संयोजक क्षेत्रीले बताए । उनका अनुसार प्रतियोगितामा जुनियर÷सिनियर (एमेच्योर÷प्रोफेशनल) तर्फ कुल ४२ फाइट तय गरिएको छ । प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको पुरुष प्रोफेशनलतर्फ मुख्य फाइटको बिजेताले नगद ५० हजार र उपविजेताले नगद रु २० हजार तथा महिलातर्फको बिजेताले नगद रु ३० हजार र उपविजेताले नगद १५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै विभिन्न महिला र पुरुषतर्फ ८/८ फाइटका बिजेताले नगद रु १५ हजार र उपविजेताले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र पाउनेछन् भने पुरुषतर्फ कोमेन इभेन्टका बिजेताले नगद रु २५ र उपबिजेताले १५ हजार प्राप्त गर्ने आयोजक शकयान मुआथाई क्लबले जनाएको छ । यसै गरी पोखरा भन्दा बाहिरबाट आउने खेलाडीहरुलाई विशेष आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिने संगै आवाशको सुविधा समेत दिइने आयोजकले जनाएको छ भने तीन जना इर्मजिङ खेलाडीहरुलाई नगदसहित सम्मान गरिने छ ।

खेलस्थल बाराही घाटमा तय भएको प्रतियोगिता स्थलमा खेल संगै विभिन्न फुड स्टलहरु, फन गेम्स, निशुल्क फेस पेन्टिङको सुविधा समेत रहने छ । नेपाल राष्ट्रिय मुवाँथाई संघ र गण्डकी प्रदेश मुवाँथाई संघको स्विकृती एवं प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको सञ्चालन चर्चित होस्ट रेमनदाश श्रेष्ठ र यकिन गुरुङले गर्नेछन् । प्रतियोगिता बिहान ११ बजेबाट सुरू भई राती ९ बजे सम्म हुने गरी तय भएको छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago