गोरखा, चैत १३ गते । पालुङटार नगरपालिका–९ स्थित सेराको गैरी चौर खेल मैदानमा वैशाख १ गते देखि ४ गते सम्म फुटवल प्रतियोगिता हुने भएको छ ।
न्यु ट्रयाक एण्ड सेराली युवा क्लवको आयोजनामा ‘दोस्रो चैते दशै मेला नक आउट फुटबल प्रतियोगिता’ हुने भएको हो । प्रतियोगितामा ७/७ जना खेलाडीहरु खेल्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि चार हजार पाँच सय टिम दर्ता शुल्क तोकिएको आयोजक न्यू ट्रयाक एण्ड सेराली युवा क्लवले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टिम ५० हजार ५० रुपैया नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै दोस्रो हुने टिमलाई २५ हजार २५ रुपैया नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वाधिक गोलकर्तालाई १ उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडीलाई ११०० का नगदको साथमा मेडल र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ
