स्वास्थ्य

रोटरी क्लवद्धारा पोखरामा निशुल्क पाठेघरको मुखको भिआईए परिक्षणमा झण्डै ५ प्रतिशत पोजेटिभ

पोखरा, पुस २१ गते । रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४/२५ मा महिलाहरुको निशुल्क पाठेघरको मुखको भिआईए परिक्षणमा ८२ जना मध्येमा ३ जना महिलामा पोजेटिभ देखिएको छ ।

पोखरा महानगरपालिका वडा नं १६ मा जुम्लेटीमा आयोजना गरिएको सो शिविरमा सहरी सुविधा भएपनि जनचेतनाको कमीका कारण महिलाहरुले समय–समयमा स्वास्थ्य परिक्षण नगर्दा सो परिणाम आएको पोखरा महानगरपालिका वडा नं १६ का वडाअध्यक्ष अमृत तिम्सिना बताउनुभयो ।

पोजेटिभ देखिएका महिलाहरुको थप उपचार गण्डकी मेडिकल कलेजमा उपचार गरिनेछ ।

यही पौष १८ गते देखि विभिन्न चरणमा यो वर्ष भरि नै करिब करिव १ हजार ५ सय जना महिलाहरुको निशुल्क पाठेघरको मुखको परिक्षण सेवा प्रदान गर्ने योजनामा रहेको रोटरीले आगामी शनिबार सोही शिविर वडा नं ७ मासबारमा गर्ने क्लबका अध्यक्ष दिपेन्द्र शर्माले जानकारी दिनुभयो ।

स्वार्थ भन्दा माथी सेवा भन्ने मूल उद्देश्यका साथ स्थापित रोटरीले महिला तथा शिशु स्वास्थ्य अन्तरगत रहेर यो परिक्षण कार्यलाई यस बर्ष विभिन्न चरणमा कास्की, तनहुँ, स्याङ्गजा, पर्वत, बागलुङ लगायतका गण्डकी प्रदेशका जिल्लाहरुका विभिन्न पालिका र वडाहरुका महिलाहरुमा भिआईए परिक्षण गर्न गईरहेको डिष्ट्रिक मेम्भरसिप चियर सुवास सिग्देलले जानकारी दिनुभयो ।

महिलामा पाठेघरको मुखको क्यान्सरको समस्या बढी रहेको कारणले पनि ग्रामीण भेगमा यसको पहँुच पुर्याउन यो कार्यक्रम सहयोगी भन्ने गण्डकी मेडिकल कलेजका संचालक एवं रोटरी क्लव अफ नक्शाल शक्तिका संस्थापक अध्यक्ष डा. लुना अर्यालले बताउनुभयो ।

अधिकांश महिलाहरूमा पछिल्लो समय पाठेघरको मुखको भिआइए परिक्षण नगर्दा देखिएको समस्या–क्यान्सरबाट पिडीत भई आन्तिम प्रहरमा पुगेपछि मात्र थाहा पाउने अवस्थाबाट महिलाहरु सजग रहने बातावरण बन्न सकोस् भन्ने मूल उद्देश्य अनुरुप यस कार्यक्रमलाई मेडिकल कलेजको सहयोग रहेको कुरा डा. अर्यालले बताउनुभयो ।

सो कलेजका प्रध्यापक वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. चण्डीका पंडितले २९ बर्ष देखि ६५ बर्ष महिला समुहमा हुने यस समस्याका लागि प्रारम्भिक जाँच गर्न जरुरी रहेको हुँदा यो अभियान सुरु गरिएको बताउनुभयो ।

उहाँले नेपालमा १५ वर्ष वा माथिका ११.५ प्रतिशत महिलाहरू पाठेघरको मुखको क्यान्सरको जोखिममा रहेको तथ्याङ्क बारे जानकारी दिनुभयो ।

हरेक वर्ष २ हजार २ सय ४४ महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको र १ हजार ४९३ जनाले यस रोगबाट मृत्यु हुने गरेको उहाँले बताउनुभयो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा कारागारबाट भागेका ६ कैदी नियन्त्रणमा, ५ कर्तब्यज्यान र १ चोरी मुद्दाका

गोरखा प्रहरीले जेन–जी आन्दोलनको अवसर पारेर कारागार फोडी भागेका ६ जना कैदीलाई नियन्त्रणमा लिएको छ…

56 years ago

मानव बेचबिखनविरुद्ध शून्य सहनशीलता : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन…

56 years ago

‘नेपो किड’ ट्रेन्ड : राजनीतिक परिवारका सन्तानमाथि युवाको आक्रोश

गोरखा । पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’ (NepobabyNepal) ट्रेन्ड तीव्र बनेको छ ।…

56 years ago

गोरखा जेसिजलाई नेपाल जेसिजद्वारा उत्कृष्ट शाखा सम्मान

गोरखा । नेपाल जेसिजले गोरखा जेसिजलाई उत्कृष्ट शाखा घोषित गर्दै सम्मान गरेको छ । भदौ…

56 years ago

गोरखामा बस–मोटरसाइकल ठक्कर, एक जना गम्भीर घाइते

गोरखा । गोरखाको स्याउली बजारमा आज दिउँसो बस र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते…

56 years ago

गण्डकी प्रदेशमा ‘दलित अधिकार तथा सशक्तिकरण ऐन २०८२’ सर्वसम्मत पारित

पोखरा । गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक…

56 years ago