गोरखा बिरिञ्चोकमा महिला स्वास्थ्य शिविर, १ सय ८० जनाले गराए स्वास्थ्य परिक्षण

समाचार

गोरखा, फागुन २५ । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस तथा महाशिबरात्रीको अवसरमा महिलाहरुका लागि गोरखा नगरपालिका वडा नम्बर १० स्थित बिरिञ्चोक बिरेडाँडाँमा रहेको गण्डकी महिला बचत तथा ऋण सहकारी संस्थाको भवनमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिबिर भएको छ ।


गोरखा नगरपालिका वडा नम्बर १० को सहयोग तथा संगम मेडिहेल्थ क्लिनिकको प्राबिधिक सहयोगमा श्री गण्डकी महिला बचत तथा ऋण सहकारी संस्थाको ३१ औं स्थापना दिवसको अवसरमा संस्थाद्वारा आयोजित शिबिरमा १ सय ८० जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।


वरिष्ठ महिला रोग बिशेषज्ञ डा. सुनिता ब्यन्जन्कारको नेतृत्वमा १० जना स्वास्थ्यकर्मीको टोलीले नि:शुल्क स्वास्थ्य परीक्षणका साथै नि:शुल्क रुपमा औषधी समेत बितरण गराएको थियो।


महिलाहरुको स्त्री रोग डाक्टरद्धारा महिलाहरुको पाठेघर स्क्रेनिङ, भिआईए जाँच, डेण्टल तथा जेनरल ओपिडी सम्बन्धि उपचार गरिएको थियो ।


जसमा १ सय ९ जना महिलाले भिडियो एक्स -रे, २५ जना महिलाले भिआईए, ५० जना महिलाले डेण्टल र ८६ जना महिलाले जेनरल ओपिडी लगायतका सेवा लिएकाे बरिस्ठ स्वास्थ्यकर्मी  संगम श्रेष्ठले जानकारी दिए ।


शिबिरमा १ सय ८० जना महिलाको स्वास्थ्य परिक्षण गराउँदा ५० प्रतिशत महिलाको प्रेसर हाइ, मोटोपनाको समस्या देखिएको बरिस्ठ स्वास्थ्यकर्मी श्रेष्ठले जानकारी दिए साथै  ३५ जना महिलालाई थपउपचार गराउन रिफर गरिएको समेत उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *