Categories: समाचार

गोरखा–काठमाडौं एकीकरण मार्गमा सेनाको आज देखि पदयात्रा सुरु

गोरखा । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्याको अवसरमा गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले आजबाट गोरखा–काठमाडौं ऐतिहासिक पदयात्रा सुरु गरेकाे छ ।

सेनाले विगतका वर्षहरुमा झैँ यस वर्ष पनि गोरखा दरबार स्थित हनुमान थान बाट पदयात्रा सुरु गरेकाे हो। पदयात्रा हनुमान भञ्ज्याङबाट सुरु भई जोर चौतारा, ताप्ले, अश्राङ, बोर्लाङ, घाटवेशी, धादिङ, नुवाकोट हुँदै पुस २६ गते काठमाण्डौ पुग्नेछ।

यात्रामा पृथ्वीनारायण शाहकालीन पोशाकमा सजिएका सेनाले साथमा पृथ्वीनारायण शाहले स्थापना गरेका श्रीनाथ गण, कालीबक्स गण, पुरानो गोरखगण, बर्दबहादुर गण र सबुज गणको झण्डा, राष्ट्रिय झण्डा र टर्च रहनेछ।

आज गोरखाबाट हिँडेको टोलीले सोही दीन धादिङको घाटबेंसीमा शिवदल गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्ने नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले बताए।

धादिङ–नुवाकोट हुँदै पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा हनुमान ढोकामा आयोजित राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको कार्यक्रममा सहभागी हुने उनले बताए।

नेपाल एकीकरणको अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गराउन नेपाली सेनाले पाँच वर्षअघिबाट पदयात्रालाई निरन्तरता दिँदै आएको छ ।

यात्रा अवधिभर गाेरखामा शिवदल गण ,धादीङमा श्री शेर गण,  नुवाकाेटमा कालीध्वज गण र काठमाण्डाैमा  श्री शार्दुलजँग गुल्मले सघाउनेछन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago