गोरखा । जिल्ला स्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिरानचोक गाउँपालिकाले जितेको छ।
जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजना र पालुङटार नगरपालिकाको सहआयोजनामा जिल्लाको पालुङटार नगरपालिकास्थित श्री भवानी माध्यामिक विद्यालयको खेलकुद मैदानमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सिरानचोकले उपाधि जितेको हो।
७ स्वर्ण, ९ रजत र ३ कास्य पदकका साथ सिरानचोक प्रथम भएको हो । ६ स्वर्ण, ६ रजत र ८ कास्य पदक जित्दै पालुङ्गटार नगरपालिका द्वितीय र ५ स्वर्ण, ४ रजत र ३ कास्य पदकका साथ भिमसेन थापा गाउँपालिका तृतीय भएको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले बताए ।
प्रतियोगितामा गण्डकी गाउँपालिकाले ४ स्वर्ण, १ रजत र ४ काश्य, बारपाक सुलिकोट गाउँपालिकाले ३ स्वर्ण, ४ रजत र ३ काश्य पदक जित्न सफल भएको छ भने अजिरकोट गाउँपालिका ३ स्वर्ण, ३ रजत, ४ कास्य पदक जितेको छ ।
त्यस्तै गोरखा नगरपालिका २ स्वर्ण, २ रजत, २ काश्य, लखन गाउँपालिका ३ काश्य, चुमनुब्री गाउँपालिकाले २ काश्य, धार्चे गाउँपालिकाले १ रजत पदक र आरुघाट गाउँपालिकाले १ काश्य पदक प्राप्त गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
उपाधि विजेता सिरानचोक गाउँपालिकाले यसअघि पनि लगातार तीन संस्करणको उपाधि जितेको थियो ।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…