नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वुद्धिचाल प्रतियोगिता गोरखामा सम्पन्न

खेलकुद

विराज त्रिपाठी
२ असोज, २०७९–बुधबार
गोरखा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वुद्धिचाल प्रतियोगिता गोरखामा सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको राष्ट्रिय खेलकुद परिषदको सहआयोजनामा सञ्चालित बुद्धिचाल प्रतियोगिता आश्विन २७ दखि कात्तिक २ गतेसम्म गोरखा क्याम्पसमा सञ्चालन भएको हो ।   सो प्रतियोगितामा ११ टिमका ६६ जना सहभागी भएका थिए प्रतियोगितामा पुरुषतर्फका तीन विधा र महिलातर्फ पनि तीन विधा क्लासिकल, ब्लिच र ¥यापिड गरी तीन चरणका खेल भएको थियो ।

प्रतियोगितामा सातैवटा प्रदेश, एनआरएनए, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ११ टिमबाट तीन÷तीन जना पुरुष र तीन÷तीनजना महिलाका दरले ६६ जना सहभागी भएका थिए ।

छ विभिन्न विधातर्फ विजयीलाई १८ पदक छ स्वर्ण, छ रजत र छ कास्य पदकको व्यवस्था गरिएता पनि टेक्निकल कारण बस ३ पदकलाई स्थगित गरेर राष्ट्रिय खेलकुद परिषदलाई जिम्मा दिइएको प्रतियोगिताको मुख्य निर्णायक याशिर खुम्बुले जानकारी दिए ।

गैर आवासिय नेपाली संघका ५ जना खेलाडीलाई मापदण्ड विपरीत सहभागी गराइएको भन्दै प्रदेश १ को खेलकुद बोर्डले दावी विरोध पेश गरेपछि मेडल र प्रमाण पत्र वितरण नगरिएको आयोजकले जनाएको छ  । उक्त विधामा क्षितिज भण्डारीले नेपाल पुलिस क्लबका तर्फबाट स्वर्ण पदक, रुपेश जयशवालले रजत पदक त्रिभुवन आर्मी क्लबका तर्फबाट र राजन सुवेदीले कास्य पदक प्रदेश १ का तर्फ बाट जित्न सफल भएका थिए ।

१५ पदकका लागि भएको वुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले ५ स्वर्ण, ३ रजत र १ कास्य गरी ९ पदक जित्न सफल भएको छ । जसमध्य क्लासिकल, ब्लिच र ¥यापिड गरी ३ विधामा नै महिला तर्फबाट सुजना लोहनीले ३ स्वर्ण , रुपेश जयशवालले २ विधा ब्लिच र ¥यापिडमा स्वर्ण, सिन्दिरा जोशीले महिला क्लासिकल र ब्लिच विधामा १ रजत र १ कास्य, मिलन लामाले ¥यापिड मा १ रजत र सजिन महर्जनबाट ब्लिच विधामा १ कास्य पदक हासिल गरेका छन । त्यस्का साथै नेपाल पुलिस क्लबका तर्फ बाट खुल्ला ¥यापिड विधामा सुरविर लामाले १ कास्य र महिला ब्लिच विधामा १ रजत गरी २ पदक जित्न सफल भएको छ भने प्रदेश १ का तर्फ बाट महिला क्लासिकल विधामा खुश्बु थापाले १ कास्य र महिला ¥यापिड विधामा कृतिसारा अधिकारीले १ रजत गरी २ पदक हासिल गर्न सफल भएको छ र गण्डकी प्रदेश तर्फ बाट पुजा भण्डारीले महिला ¥यापिड विधामा १ कास्य पदक जित्न सफल भएको छ ।

पदक विजेताहरुलाई उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा लगायतले मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *