खेलकुद

गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता हुँदै

गोरखा । ‘डू गुड बी गुड’ भन्ने मूल नारासहित गोरखामा पहिलो पटक राष्ट्रिय निरुपित उपाध्यक्ष अभिसेक दुलाल मातहतमा रहेका जेसीज क्षेत्र (ख) का १५ शाखा मध्ये १४ शाखा स्तरीय जेसीज फुटसल प्रतियोगिता–२०२५ हुने भएको छ । गोरखा जेसीजको आयोजनामा पहिलो पटक आयोजना गरिएको  प्रतियोगिता चैतको १ गते र २ गते सञ्चालन गर्ने तयारी गरिएको हो ।

बुधबार गोरखा सदरमुकाम स्थित जेसीजको सचिवालयमा पत्रकार सम्मेलन गरेर प्रथम जेसीज फुटसल कप-२०२५ प्रतियोगिताको तयारीका बारेमा जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा गोरखा जेसीजका शाखा अध्यक्ष सुमन गुरुङले प्रतियोगिता सफल पार्नका लागि तयारीलाई अगाडि बढाइएको बताउँदै विभिन्न उपसमितिहरु गठन समेत गरिएको जानकारी दिएका छन् । २०२४  साल अघि सम्मका जेसिजका बोर्ड सदस्यहरु मात्र सहभागी हुन पाउने प्रतियोगितामा सहभागिता जनाउन विभिन्न जिल्लाका १४  जेसीज शाखाहरुमा पत्राचार गरिसकिएको गोरखा जेसीजले जनाएको छ ।

प्रतियोगिताका संयोजक दिपक बस्न्यातका अनुसार विजेता र उपविजेतालाई क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित जेसीज कप, ट्रफी, मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ । यसैगरी विभिन्न बिधा अन्तर्गत अनुशासित टिमलाई, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक, सर्वाधिक गोलकर्ता र राईजिङ्ग प्लेयरलाई समेत नगत पुरस्कारले पुरस्कृत गरिने प्रतियोगिता संयोजन बस्न्यातले बताएका छन् ।

प्रतियोगिता सञ्चालनमा कुल ३ लाख ९० हजार रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता गोरखा नगरपालिका-९, दलभञ्याङस्थित फुट्सल मैदानमा हुने बताइएको छ ।

त्यस्तै, प्रतियोगितामा स्थानीय सरकार निकायहरु बाट २ लाख रुपैयाँ र अन्य संघ संस्थाहरु बाट १ लाख नगद सहयोग आउने अपेक्षा रहेको  शाखा अध्यक्ष गुरुङको भनाइ छ ।

त्यस्तै प्रतियोगितामा १२ टिम सहभागी अनुमान गरिएको छ भने प्रतियोगिताको अन्त्यमा पत्रकार टिम र जेसिज गोरखा टिम बीच मैत्रीपुर्ण खेल हुने शाखा अध्यक्ष गुरुङले बताए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago