गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता हुँदै

खेलकुद समाचार

गोरखा । ‘डू गुड बी गुड’ भन्ने मूल नारासहित गोरखामा पहिलो पटक राष्ट्रिय निरुपित उपाध्यक्ष अभिसेक दुलाल मातहतमा रहेका जेसीज क्षेत्र (ख) का १५ शाखा मध्ये १४ शाखा स्तरीय जेसीज फुटसल प्रतियोगिता–२०२५ हुने भएको छ । गोरखा जेसीजको आयोजनामा पहिलो पटक आयोजना गरिएको  प्रतियोगिता चैतको १ गते र २ गते सञ्चालन गर्ने तयारी गरिएको हो ।

बुधबार गोरखा सदरमुकाम स्थित जेसीजको सचिवालयमा पत्रकार सम्मेलन गरेर प्रथम जेसीज फुटसल कप-२०२५ प्रतियोगिताको तयारीका बारेमा जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा गोरखा जेसीजका शाखा अध्यक्ष सुमन गुरुङले प्रतियोगिता सफल पार्नका लागि तयारीलाई अगाडि बढाइएको बताउँदै विभिन्न उपसमितिहरु गठन समेत गरिएको जानकारी दिएका छन् । २०२४  साल अघि सम्मका जेसिजका बोर्ड सदस्यहरु मात्र सहभागी हुन पाउने प्रतियोगितामा सहभागिता जनाउन विभिन्न जिल्लाका १४  जेसीज शाखाहरुमा पत्राचार गरिसकिएको गोरखा जेसीजले जनाएको छ ।

प्रतियोगिताका संयोजक दिपक बस्न्यातका अनुसार विजेता र उपविजेतालाई क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित जेसीज कप, ट्रफी, मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ । यसैगरी विभिन्न बिधा अन्तर्गत अनुशासित टिमलाई, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक, सर्वाधिक गोलकर्ता र राईजिङ्ग प्लेयरलाई समेत नगत पुरस्कारले पुरस्कृत गरिने प्रतियोगिता संयोजन बस्न्यातले बताएका छन् ।

प्रतियोगिता सञ्चालनमा कुल ३ लाख ९० हजार रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता गोरखा नगरपालिका-९, दलभञ्याङस्थित फुट्सल मैदानमा हुने बताइएको छ ।

त्यस्तै, प्रतियोगितामा स्थानीय सरकार निकायहरु बाट २ लाख रुपैयाँ र अन्य संघ संस्थाहरु बाट १ लाख नगद सहयोग आउने अपेक्षा रहेको  शाखा अध्यक्ष गुरुङको भनाइ छ ।

त्यस्तै प्रतियोगितामा १२ टिम सहभागी अनुमान गरिएको छ भने प्रतियोगिताको अन्त्यमा पत्रकार टिम र जेसिज गोरखा टिम बीच मैत्रीपुर्ण खेल हुने शाखा अध्यक्ष गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *