गोरखा । गोरखा जेसिजले आज एक विशेष कार्यक्रम आयोजना गर्दै गोरखा जेसिजका विभिन्न क्षेत्रहरूमा योगदान दिएका महिलाहरुलाई सम्मानित गरेको छ।
अन्तरास्ट्रिय महिला दिवसको अवसरमा गरिने भनिएको उक्त सम्मान कार्यक्रम जेसिजका पूर्व अध्यक्ष विश्व देव श्रेष्ठको असामयिक निधनका कारण यस कार्यक्रमको आयोजना आज गरिएको गोरखा जेसिजका अध्यक्ष सुमन गुरुङले जानकारी दिए।
कार्यक्रममा गोरखा जेसिजका अध्यक्ष गुरुङले सम्मानित महिलाहरुलाई बधाई दिँदै उनीहरूको भविष्य उज्जवल रहने शुभकामना व्यक्त गरेका थिए ।
सम्मानित महिलाहरुमा गोरखा नगरपालिकाका उप-प्रमुख मसलिमाया थोकर पुन (सपना), जसलाई न्यायिक क्षेत्रमा योगदानका लागि सम्मानित गरिएको थियो । अन्य सम्मानित व्यक्तिहरुमा कल्पना श्रेष्ठलाई शिक्षा क्षेत्रमा, सजना श्रेष्ठलाई बित्तीय क्षेत्रमा, सजिना ढकाल भट्टलाई शिक्षा क्षेत्रमा, गिता मल्ललाई व्यवसायिक क्षेत्रमा र सदिक्षा श्रेष्ठलाई स्वास्थ्य क्षेत्रमा रहेका छन्।
कार्यक्रममा सम्मानित महिलाहरुलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको थियो । गोरखा जेसिजका अध्यक्ष सुमन गुरुङले यस सम्मानका माध्यमबाट समाजमा महिलाको योगदानलाई मान्यता दिने महत्त्वपूर्ण कदम चालेको बताए।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…