गोरखा । गोरखा जेसिजले आज एक विशेष कार्यक्रम आयोजना गर्दै गोरखा जेसिजका विभिन्न क्षेत्रहरूमा योगदान दिएका महिलाहरुलाई सम्मानित गरेको छ।
अन्तरास्ट्रिय महिला दिवसको अवसरमा गरिने भनिएको उक्त सम्मान कार्यक्रम जेसिजका पूर्व अध्यक्ष विश्व देव श्रेष्ठको असामयिक निधनका कारण यस कार्यक्रमको आयोजना आज गरिएको गोरखा जेसिजका अध्यक्ष सुमन गुरुङले जानकारी दिए।
कार्यक्रममा गोरखा जेसिजका अध्यक्ष गुरुङले सम्मानित महिलाहरुलाई बधाई दिँदै उनीहरूको भविष्य उज्जवल रहने शुभकामना व्यक्त गरेका थिए ।
सम्मानित महिलाहरुमा गोरखा नगरपालिकाका उप-प्रमुख मसलिमाया थोकर पुन (सपना), जसलाई न्यायिक क्षेत्रमा योगदानका लागि सम्मानित गरिएको थियो । अन्य सम्मानित व्यक्तिहरुमा कल्पना श्रेष्ठलाई शिक्षा क्षेत्रमा, सजना श्रेष्ठलाई बित्तीय क्षेत्रमा, सजिना ढकाल भट्टलाई शिक्षा क्षेत्रमा, गिता मल्ललाई व्यवसायिक क्षेत्रमा र सदिक्षा श्रेष्ठलाई स्वास्थ्य क्षेत्रमा रहेका छन्।
कार्यक्रममा सम्मानित महिलाहरुलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको थियो । गोरखा जेसिजका अध्यक्ष सुमन गुरुङले यस सम्मानका माध्यमबाट समाजमा महिलाको योगदानलाई मान्यता दिने महत्त्वपूर्ण कदम चालेको बताए।