पोखरा, १० वैशाख । नेपाली काँग्रेस कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा भएको भ्रष्टाचार र अनियमितता छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।
विमानस्थल निर्माणका क्रममा १० अर्व भन्दा बढी भ्रष्टाचार र अनियमितता भएको सार्वजनिक भैरहेका बेला कास्की काँग्रेसले उच्चस्तरीय निष्पक्ष छानविन आयोग गठन गरी स्वदेशी वा विदेशी जो कोही भएपनि कारवाही गर्न माग गरेको सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
कास्की काँग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा आज बसेको बैठकले शिक्षकहरुले उठाएका जायज मागहरु तुरुन्तै पूरा गरी पठनपाठनको आवश्यक प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बैंठकले विद्यानमा भएको व्यवस्था अनुसार, पार्टीको तल्लो तहका सम्मेलन पछि मात्रै माथिल्लो तहको सम्मेलन गर्ने र क्रियाशील सदस्यता नविकरण अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको छ ।
गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…
काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…
गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…
पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…
रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…