Categories: समाचार

भूकम्पपछिको दशक

२०८२ बैशाख १२


गोरखा । २०७२ साल बैशाख १२ गते, मध्यान्ह ११:५६ बजे। एक अविस्मरणीय क्षण जसले सम्पूर्ण देशलाई हल्लायो। गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्पले नेपालमा हजारौंको ज्यान लिएर गयो, लाखौंलाई घरविहीन बनायो र इतिहासमै एक भयावह दिनको चिनो कोर्यो।

 

गोरखामा मात्रै ४७२ जनाको ज्यान गयो। केन्द्रबिन्दु बारपाकमा मात्र ७२ जनाले आफ्नो जीवन गुमाए। जिल्लाका ६० हजारभन्दा बढी घर र संरचनाहरू ध्वस्त भए — मठमन्दिर, गुम्बा, मस्जिद, चर्च, विद्यालय, स्वास्थ्य चौकीदेखि सरकारी र गैरसरकारी भवनहरूसम्म। सयौं घाइते भए, धेरैले अंगभंगको पीडा बोक्न बाध्य भए।

आज, त्यस भयावह घटनाको एक दशक पूरा भएको छ। यो अवधिमा धेरै कुरा फेरिएका छन्। ध्वस्त संरचनाहरू प्रायः पुनर्निर्माण भइसकेका छन्। घरहरू नयाँ बनेका छन्, सरकारी र सार्वजनिक भवनहरू फेरि उभिएका छन्। जीवन क्रमशः सामान्य बनेको छ।

केन्द्रबिन्दु बारपाकलाई सरसर्ती हेर्ने हो भने उक्त गाउँले मुहार नै फेरेको छ ।  बारपाक-१ का स्थानीय बासिन्दा जित कुमारी घले  भन्छिन्। “हामी अझै पनि डराएका छौं, त्यस्तै भयावह दिन फर्केर नाआओस्।” उनी भन्छिन् ,”घरहरु नयाँ बने, पर्यटक पनि दिनहुँ घुम्न आउछन्, ब्यापार पनि बढेको छ र यहाँका बासिन्दाले नयाँ जिबन पाए जस्तो भएको छ ।”

त्यस्तै सोही ठाउँका पुर बहादुर गुरुङ भन्छन् ,”बर्तमानलाई हेर्ने हो भने नेपालका प्रमुख तथा वरिष्ठ नेताहरुको साथै मिडियाहरुको ध्यान पनि बारपाकले तानेको छ ।” उनले भने,”संरचना नयाँ -नयाँ बन्दै र थपिदै गएको छ र पहिले यहाँका युवाहरु पहिले भर्तीतिर अग्रसर हुन्थे भने हाल हरेक क्षेत्र तर्फ लागेका छन् ।”

भूकम्पले सिकाएको पाठ — सचेत रहनु, सुरक्षित संरचना बनाउनु — बिस्तारै बिर्सिंदै गएको छ। भौतिक विकासले प्राथमिकता पाएको देखिन्छ, तर दीर्घकालीन सुरक्षामा ध्यान नदिँदा अर्को विपत्तिको ढोका सक्छ ।

विकास भनेको पुनर्निर्माण मात्र होइन। त्यो सुरक्षित, दिगो र सशक्त भविष्य निर्माण हो।

२०७२ को विनाशले हामीलाई धेरै कुरा सिकाएको थियो। तर आज, दस वर्षपछि, त्यही सिकाइलाई व्यवहारमा नल्याउँदा भोलिको सम्भावित विनाशको ढोका खोलिन सक्छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago