गोरखाको फिनाम चोकमा बसको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गयो, आमा घाइते

समाचार

गोरखा । गोरखा जिल्लाको फिनाम चोकमा आज दिउँसो करिब १:३० बजे एक दुःखद सडक दुर्घटनामा एक ४ वर्षीया बालिकाको ज्यान गएको छ भने उनकी आमा घाइते भएकी छन्। दुर्घटना ग २ ख ९२९ नम्बरको सार्वजनिक बसबाट ओर्लने क्रममा भएको बताइएको छ।

दुर्घटनामा फिनामकी २२ बर्षीय बिनिता सुर्खेती र उनकी छोरी बसबाट ओर्लने क्रममा बसले ठक्कर दिएको स्थानीयले बताएका छन्। सुर्खेतीलाई खुट्टामा गम्भीर चोट लागेको बताइएको छ । घटनापछि गम्भीर घाइते भएकी आमालाई तत्काल उपचारका लागि गोरखा अस्पताल पुर्‍याइएको छ। तर, करिब ४ वर्षीया बालिकाको घटनास्थलमै ज्यान गएको गोरखा प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनापछि प्रहरी र स्थानीय बासिन्दाहरू तुरुन्त घटनास्थल पुगेका थिए। हाल बस चालक भिमसेन थापा गाउँपालिका-४ धावाका बिनोद लामिछानेलाई नियन्त्रणमा लिइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *