गण्डकी प्रदेश समाचार

पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम

पोखरा, बैशाख । कास्कीको पोखरा महानगरपालिका वडानम्बर २८ र कृषि संजालको आयोजनामा कृषि गीत प्रतियोगिता, बाली उपचार शिबिर तथा रैथानी बाली प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत भएको कृषि गीत प्रतियोगितामा मातृशिशु कृषि समूह प्रथम भएको छ । यस्तै काफलघारी पिपलडाली कृषक समूह द्धृतिय, विमीरापानी कृषक समूह तृतिय र स्याङ्खुदी कृषक समूह शान्त्वना भए ।

प्रथम, द्धितिय, तृतिय र शान्त्वना हुने समूहले क्रमस २०, १५, १० र ५ हजार नगद पुरस्कार प्राप्त गरे । कालिका महिला कृषक समूह भेषभुषा तर्फ उत्कृष्ट हुदैँ नगद ५ हजार प्राप्त गर्यो ।

प्रतियोगिताका उत्कृष्ट समूहलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर प्रमुख धनराज आचार्य, वडाध्यक्ष श्रीकृष्ण लामिछाने, वडासदस्य लगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १५ समूहको सहभागिता रहेको थियो ।

कार्यक्रम स्थालमा बाली उपचार शिविर पनि संचालन गरिएको थियो । शिविरमा वडाका कृषहरुले नगदेवालीमा भएका समस्या वारेमा प्राविधिकसंग परामर्श लिएका थिए । भने रोगको पहिचान गरी उपचारका लागि परामर्श र औषधी वितरण गरिएको थियो ।

कार्यक्रममा वडामा उत्पादन हुने रैथानी बाली धान, मकैँ, जौँ लगायतका बिउबिजन प्रदर्शन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले कृषि र पशुपालनमा दिर्घकालिन योजना बनाएर अगाडी बडेको जानकारी दिए । उनले पछिल्लो समय महानगरमा नगदे बालिको उत्पादन बढेको र आयत प्रतिष्थापन हुदैँ गएको बताए ।

यस्तै महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरीयाले २८ नम्बर वडामा कृषिको विविधता रहेको बताए । धान, मकैँ, गहुँ, मरिच, मह, खशिबोका, दुध र तरकारी खेतीमा वडामा उत्पादन हुने गरेको कडरीयाले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र, कास्कीका प्रमुख किरण सिग्देलले यहाँका जेठेबुडो लगायतका धानका बिउलाई जोगाएर राख्नुपर्ने बताए । उनले देशलाई खाध्यान्नमा आत्मनिर्भर बनाउने तर्फ ध्यान दिनुपर्ने उनको भनाई थियो ।

वडानम्बर २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले ग्रामिण वडा भएकाले कृषि उत्पादन बढाउनका लागि वार्षिक कार्यक्रम संचालन गरिएको जानकारी दिए । किसानलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रमहरु महानगर र वडामार्फत किसानको घरसम्म पुर्याइएको उनको भनाई थियो ।
कार्यक्रमका आयोजक कृषि संजाल पोखरा–२८ का अध्यक्ष राधाकृष्ण तिवारीले वडामा २० वटा कृषक समूह रहेको जानकारी दिए । संजाल मार्फत किसानका आवाजहरुलाई उठाउने र सरकारका नीति तथा कार्यक्रममा समूहलाई जोड्ने प्रयास गरिएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णबहादुर केसी, प्याब्सन उपाध्यक्ष विरबहादुर बुढाथोकी, लेखनाथ उद्योग वाणिज्य संघ महासचिव जानुका पराजुली, वडासदस्य डाल्ला देवी भुजेल र विरेन्द्र भण्डारी, नेकपा एमाले वडानम्बर २८ उपाध्यक्ष लक्ष्मी पौडेल, सानाकिसान कृषि सहकारी माझठानाका उपाध्यक्ष सिताराम तिवारीले बोलेका थिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

नागेपोखरी संरक्षण र पर्यापर्यटन प्रवर्द्धनका लागि दुई दिने पदयात्रा सम्पन्न

गोरखा । डिभिजन वन कार्यालय, गोरखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सिमसार संरक्षण तथा व्यवस्थापन योजनाअनुसार अजिरकोट…

56 years ago

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ…

56 years ago

३०० बालबालिकालाई शैक्षिक सामग्री, १४ जनालाई नगद सहयोग

गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत…

56 years ago

प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्ष उद्घाटन, स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको…

56 years ago

प्रेमकुमार खत्रीको पहलमा गोरखामा स्वास्थ्य सेवा विस्तार

गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख…

56 years ago

चौथो राइजिङ स्टार कपको उपाधि द मन्सटर फेमिलीलाई

गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल…

56 years ago