भदौं ५ गते गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिता हुँदै

गण्डकी प्रदेश समाचार

पोखरा ।
एपोलो पेन्ट्स पिजेन्स गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिता हुने भएको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना एवम् प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भदौं ५ गते पोखरामा आठौं संस्करणको कृषि तीज गीत प्रतियोगिता हुन लागेको हो ।

प्रदेशका ९ जिल्लाबाट कृषि ज्ञान केन्द्रले छनोट गरेर पठाएका समूहबिच प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक घनश्याम पाण्डेले जानकारी दिए । मनाङ र मुस्ताङबाहेकका सबै जिल्लाले सहभागी हुने पाण्डेले बताए ।

प्रतियोगिताको विजेता हुने समूहले ५५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र पाउनेछ । दोस्रो हुने समूहलाई ३३ हजार ३३३, तेस्रो हुने समूहलाई २२ हजार २२२ र सान्त्वना हुने समूहलाई ११ हजार १११ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट नृत्य प्रस्तुत गर्ने ३ जनालाई आकर्षक सारी र उत्कृष्ट भेषभुषालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता संयोजक पाण्डेले बताए ।

प्रतियोगितामा चर्चित कलाकार राजु परियार, प्रजापती पराजुली, शुशिला गौतम, राजन कार्की, सरला पाण्डे लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ । कार्यक्रममा प्रवेश निशुल्क गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *