Categories: समाचार

हाइकर्स क्लबको हाइकिङ तनहुँको मानुङकोट

पोखरा । हाइकर्स क्लब नेपालको हाइकिङ भाग ५८ तनहुँको मानुङकोट पुगेर सम्पन्न गरेको छ ।

क्लबले स्वास्थ र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ बिगत ५ बर्ष देखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम गर्दै आएको छ ।

पोखराको दरबारथोकमा भेला भएर नगरबसमा पृथ्वी राजमार्गको मानुङकोट चोक बाट पैदलमार्ग हुँदै ब्यास नगरपालिका वडा नं ५ को १०८० मिटर उचाइमा रहेको पर्यटकीय स्थान मानुङकोट सम्म हाइकिङ गरिएको थियो भने फर्कदा मानुङकोट बाट म्याग्दे गाउँपालिका वडा नं। १ ताक्राङ हुँदै वडा कार्यालय अगाडी पृथ्वी राजमार्गमा आएको थियो ।

हालसम्म क्लबले गण्डकी प्रदेशका ३ जिल्ला कास्की, स्याङ्जा र तनहुँका विभिन्न ठाउँमा हाइकिङ गराउँदै आएको र तनहुँका थप्रेक गाउँ, दगाम सामुदायिक होमस्टे, किल्चोक अकला मन्दिर, भिमादको घाङ्च ल्हुममा हाइकिङ कार्यक्रम सम्पन्न गरिसकेको क्लबका अध्यक्ष तथा पत्रकार कृष्ण रानाभाटले बताए ।

हाइकिङमा सहभागी हुन इच्छुकले क्लबको सदस्य नभए पनि सहभागी हुन सकिने, खानाको ५))र( र यातायातको दुरिको हिसाबले खर्च तिर्नुपर्ने, संस्थाको सदस्यता आजिवनको ३ हजार र साधारणको ५ सय तोकिएको क्लबकि कोषाध्यक्ष टीका आचार्य सुबेदीले बताइन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago